गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारप्यूठानी तारा सिजन –३ थ्रीका प्रतिभा छनौट कार्यक्रम अन्तिम चरणमा

प्यूठानी तारा सिजन –३ थ्रीका प्रतिभा छनौट कार्यक्रम अन्तिम चरणमा

April 12, 2016२८५ पटक

 उद्घाटन मन्त्रि शर्माले गर्ने,

शशिधर भण्डारी, प्यूठान÷ नव प्रतिभाको खोजी गर्ने उद्देश्यले थालिएको प्युठानी तारा सिजन ३ को प्रतिभा छनौट कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

DSC07042

मिडियाले तिन विधामा एकै मञ्चवाट घोषणा गर्ने नेपालको पहिलो कार्यक्रम रहेको आयोजकले दावी गरेको छ ।
गायन, नृत्य र पर्यटन साहित्य गरि तीन बिधामा एक एक जनाको प्युठानी तारा घोषणा गर्ने कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्री रेखा शर्माले गर्ने गरी पूर्ण तयारी रहेको आयोजक समतिका संयोजक नोमराज पौडेलले जानकारी दिएको छन् ।

आतवार पाँचौ चरणको कार्यक्रमबाट गायन र नृत्य विधामा टप पाँच र पर्यटन साहित्य ताराको टप थ्री छनौट गरिएको छ ।चिराग मगर,कमल हौजाली, खेम प्रसाद चौधरी, सुधा भण्डारी र अजय कुमार यादव रहेका छन् भने नृत्य तर्फ मुस्कान जि.एम., लोसिना लामिछाने, समिक्षा पौडेल, संगित थापा र मालिका मल्ल रहेका छन् । त्यसै गरी पर्यटन साहित्य तर्फ पुजा भुषाल, यकराज पोखरेल(कुखुरी काँ), र अशुं बोहोरा रहेका छन् ।

गायन र नृत्य तर्फ प्रथमलाई ५० हजार, दोस्रो लाई २० हजार र तृतियलाई १० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र अवार्ड र गिफ्ट प्रदान गरिने जनाइएको छ । त्यस्तै साहित्य तर्फ प्रथमलाइ १० हजार, द्वितीयलाई ५ हजार र तृतियलाइ तीन हजार रुपैयाँ नगद सहित अवार्ड प्रमाणपत्र र गिफ्ट प्रदान गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको सहआयोजक स्वर्गद्वारी टेलिभिजन, लिस्ने जनसंचार साप्ताहिक र प्राणरक्षा मासिक भने देशका ६४ भन्दा बढि मिडियाहरुले साझेदारी गरेका छन् । नयाँ बर्षको शुभारम्भ सँगै बैशाख ४ गते स्वर्गद्धारी क्याम्पस पुण्यखोला बिजुवारमा तिनै बिधाका प्युठानी तारा घोषणा हुने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण