गृहपृष्ठ » अार्थिकदलित बस्तीमा खानेपानीको समस्या

दलित बस्तीमा खानेपानीको समस्या

April 13, 2016११२ पटक

प्यार अलि खाँन

प्यूठान नगरपालिका–११ स्थित सालघारी फुलघाटमा अवस्थित दलित वस्तीमा खानेपानीको समस्या भएको छ । गाँउ संचालनमा रहेको मालझाक्री खानेपानी योजनाले खानेपानीको सहज आपर्ति तुल्याउन नसक्दा खानेपानीको समस्या भएको हो । १ सय ६९ घरधुरीका करिब ६ सय जनसंख्या स्वच्छ पिउने पानीबाट बञ्चित भएको स्थानिय अगुवा युवा राजकुमार टरालीले बताए ।

‘दिनमा एक पटक विहान मात्र धारो आउँछ ।’ टरालीले हाम्रो उज्यालो लालटिनसंगको कुराकानीमा भने, ‘लाईनमा बसेर मुस्किलले एक घरले एक गाग्रो पानी मात्र पाईन्छ ।’ एउटा धाराबाट १५ देखि २० घरले पानीको आपुर्ति गर्नुपरेको टरालीको भनाई छ । माडी खोलापारीको नयाँगाँउलाई ईगिंत गर्दै टरालीले भने ,‘खोलापारी हरियाली, खोलावारी उजाड सुख्खा ।’ राज्यबाट दलित बस्ती हेपिएकोमा उनले गुनासो गरे । दलित बस्तीमा राज्यको तर्फबाट न्यूनतम पुर्वाधारको विकासमा ध्यान नजाँदा गाउँका स्थानियहरु चिन्तित बनेको उनको भनाई छ ।

‘माडी खोलाको अशुद्ध पानी पिउन बाध्य छौँ ।’ स्थानिय जेष्ठ नागरिक आईत बहादुर नेपालीले भने, ‘पानी अभावकै कारण गाँउका संम्पुर्ण शौचालयहर दुर्गन्धीत हुने अवस्थामा छन् ।’ गम्री मौशम सुरु हुनै लाग्दा सरुवा रोगको प्रकोप फैलन सक्ने भन्दै नेपालीले चिन्ता व्यक्त गरे ।

गाँउमा हालै जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत १ करोड ५० लाखको बजेटमा लिफ्ट खानेपानी योजना परेको स्थानिय वडा नागरिकका सह–संयोजक कुन्ता टरालीले बताईन । माडीखोलाको पानीलाई लिफ्ट गरेर गाँउमा पानी ल्याउने योजना रहेको कुन्ताले सुनाईन । ‘३ वर्षे भित्र योजना सम्पन्न गर्ने हो ।’ कुन्ताले भनिन्, ‘गाउँका स्थानियलाई अझै ३ वर्ष समस्या छ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण