गृहपृष्ठ » मनोरञ्जननयाँ बर्षमा पिकनिक आयोजना

नयाँ बर्षमा पिकनिक आयोजना

April 14, 2016१२४ पटक

शशीधर भण्डारी २ बैशाख प्यूठान
प्यूठानको ऐतिहासिक महत्व बोकेको डल्ले सरायँ मेलामा उत्कृष्ट प्रतियोगी पुण्यखोलाको सरायँ टोलीले आज डल्ले सरायँको स्मण गर्दै पाण्डेडाडा स्थित बाँसखोलामा पिकनिक कार्यक्रमको आयोजना गरी खुशीयाली मनाएको छ ।
श्रृजनशील ग्रामिण विकास समाजको आयोजनामा गरिएको पिकनिकमा पुण्यखोला स्थित करिव १५० जनाको सहभागिता रहेको थियो । प्यूठानको धरोहरका रुपमा चिनिएको डल्ले सरायँ मेलामा सरायँ मेलाको उन्नती र प्रचारप्रसार योजनाका बिषयलाई प्राथमिकता दिँदै बनभोज तथा छलफल कार्यक्रम गरेको हो । स्थानिय जनसमुदायको अगुवाईमा विगतका बर्ष देखि सरायँ उचित ब्यबस्थापनका लागि जुटेका छन् ।
श्रृजनशील ग्रामिण विकास समाजका अध्यक्ष होसियार सिं गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष सुशील पोखरेलले डल्ले सरायँ मेलालाई पुरस्कार वितरणमा भन्दा पनि जिल्लाको पर्यटकिय क्षेत्रहरुसंग जोडी साँस्कृतिक पर्यटकिय प्रबद्र्धन गर्नु पर्ने कुुरा औल्याउनु भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै संस्थाका उपाध्यक्ष सरदराज पौडेल, जनता उच्च मा.वि.बाग्दुलाको प्र.अ. देवराज पौडेल, तेज प्रसाद मिश्र, उमाराम पौडेल र दलबहादुर के.सी. लगायतका बक्ताहरुले डल्ले सरायँलाई उचित ब्यबस्थापन गरी पर्यटनका लागि आर्कषक बनाउनु पर्नेमा जोड।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण