वैशाख २, वर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

छिमेकी कैलासी गाउँमा गएराती नयाँ वर्षको नाचगान हेर्न गएका सूर्यपटुवा–३ बडकी टंडुवाका २० वर्षिय श्रीकृष्ण थारुलाई बाटोमा हात्तीले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हात्तीको आक्रमणपछि घाइते भएका थारुको आज बिहान नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।