अखण्ड रुकुमा माग गर्दै एमाओवादी नेता प्रभाकरको घरमा ढुङ्गा प्रहार
रुकुम, साउन २५— अखण्ड रुकुमको माग गर्दै आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले एकिकृत नेकपा माओवादीका नेता जनर्दन शर्मा (प्रभाकर) को घरमा ढुङ्गा हानेका छन् । रुकुम जिल्ला टुक्रयाउन भूमिका खेलेको आरोपमा प्रर्दशनकारीले मुसीकोट नगरपालीका ६ शेरीगाउँमा रहेको घरको उत्तर ढोकामा ढुङ्गा हानेको रुकुमका निमित्त प्रहरी प्रमुख प्रहरीनिरीक्षक केशव कार्कीले जानकारी दिए । तर घरमा थप क्षेति हुनबाट आफुरुले जोगाएको निमित्त प्रहरी प्रमुख कार्कीले बताए ।
“आन्दोलनकारीले कसैको घरमा आगजनी गर्ने, क्षेती पु¥याउने उद्देश्य देखिएन । तर एक दुई जनाले ढुङ्गा हानी हाले,” कार्कीले भने । ढोकाको कब्जा फुत्के पछि प्रहरीले आफै गएर कीला ठोकेर बलीयो बनाइदिएको छ ।
रुकुमबाट जनप्रतिनिधीहरुको रुपमा गएका सभासद्हरु जनार्दन शर्मा, गणेशमान पुन,दलजीत सेपाइली र मिठु मल्ललाई जिल्ला टुक्राएमा खवरदारी समेत गर्ने आन्दोलनकारीहरुले बताएका छन् ।
सभासद्हरुले आफनो राजनितिक स्वार्थपुर्तीको लागी रुकुमको उत्तरी भाग र पश्चिमी भागलाई खण्ड खण्ड बनाएको विरोधमा रुकुम बन्द गरिएको रुकुम उद्योग बानिज्य सघ रुकुमका महासचिव नवराज गिरीले जानकारी दिए ।
रुकुमको पश्चिम उत्तरी भागलाई प्रदेश ६ मा र अन्य भागलाई प्रदेश ५ मा गाभेर ठुलो अन्याय भएको भन्दै सम्पुर्ण रुकुमका नागरिकहरु सडकमा आएको पनि उनले जानकारी दिए । यसैबीच रुकुम बन्द भएका कारण त्यहाँको जनजिवन प्रभावित भएको छ ।