गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, विशेषप्यूठानी तारा सिजन –३ थ्री घोषणा को को भय तारा हेर्नुहोस

प्यूठानी तारा सिजन –३ थ्री घोषणा को को भय तारा हेर्नुहोस

April 16, 2016३५२ पटक

DSC00248शशिधर भण्डारी
प्यूठान-नव प्रतिभाको खोजी गर्ने उद्देश्यले थालिएको प्युठानी तारा सिजन ३ को तारा घोषणा गरिएको छ । नेपाल सरकारका सामान्य प्रशासन मन्त्रि रेखा शर्मा प्रमुख आतिथ्यतामा तारा घोषणा गरिएको हो ।
गायन, नृत्य र पर्यटन साहित्य गरि तीन बिधामा एक एक जनाको प्युठानी तारा घोषणा गर्ने कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्री रेखा शर्माले गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्रि शर्माले घोषणा सभाको उद्घाटन गर्दै प्यूठानका मिडियाले सह्रनिय काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो । शनिवार स्वर्गद्धारी क्याम्पस पुण्यखोलामा गरिएको घोषणा सभाबाट गायन, नृत्य र पर्यटन साहित्य विधामा तिन जना तारा घोषित भएका छन् । गायन विधामा चिराग, नृत्य विधामा मालिका मल्ल, र पर्यटन साहित्य विधामा यकराज पोखरेल (कुखुरी काँ) तारा घोषित भएका हुन् । त्यसैगरी प्यूठानी तारा गायन तर्फ फस्ट रनर अफ कमल हौजाली, सेकेण्ड रनर अफ सुधा भण्डारी, नृत्य तर्फ फस्ट रनर अफ लोसिना लामिछाने, सेकेण्ड रनर अफ समिक्षा पौडेल भने पर्यटन साहित्य तर्फ फस्ट रनर अफ पुजा भुसाल, सेकेण्ड रनर अफ अशुं बोहोरा रहेका छन् । गायन र नृत्य तर्फ प्रथमलाई ५० हजार, दोस्रो लाई २० हजार र तृतियलाई १० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र अवार्ड र गिफ्ट प्रदान गरिएको हो । त्यस्तै साहित्य तर्फ प्रथमलाइ १० हजार, द्वितीयलाई ५ हजार र तृतियलाइ तीन हजार रुपैयाँ नगद सहित अवार्ड प्रमाणपत्र र गिफ्ट प्रदान गरिएको थियो । सिजन थ्रीको सहआयोजक स्वर्गद्वारी टेलिभिजन, लिस्ने जनसंचार साप्ताहिक र प्राणरक्षा मासिक छन् भने देशका ६४ भन्दा बढि मिडियाहरुले साझेदारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण