गृहपृष्ठ » मनोरञ्जनप्रथम देवदह खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न

प्रथम देवदह खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न

April 16, 2016१५३ पटक

बैषाख ३ । रुपन्देहीको देवदह–४, भवानीपुरमा रामनवमीको अवसरमा कोलीय राज्य क्षेत्र विकास समितीको आयोजना र युवा पाईला देवदहको सहयोगमा प्रथम देवदह खुल्ला एकल नृत्य प्रतियोगिता–२०७३ तथा बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जम्मा ३० प्रतियोगिमध्य २०७२ चैत्र २८ गते होटल ओम दर्शन एण्ड पार्टी प्यालेसमा भएको छनोट चरयण बाट २० जना प्रतिस्पर्धीले फाईनल राउण्डमा सहभागीता जनाएका थिए । प्रतियोगितामा अञ्जली चौधरी प्रथम, आयुष्मा ज्ञवाली द्धितीय, सरिता राना तृतिय र सुनिल थापा मगर सान्तवना भएका छन । कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी बौद्ध विश्व विद्यालयलका रजिष्टार आर्चायले भगवान गौतम बुद्धको मावल स्थल देवदहको विकासको लागि लुम्विनी बौद्ध विश्व विद्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । लुम्विनी क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष तुल्सी चौधरी, ड्रिम देवदहका संयोजक सिद्धिचरण भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । समितिका उपाध्यक्ष विष्णु ज्ञवालीको स्वागत, अमर पोखरेल, कमला अर्याल र विकास गहतराजको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण