गृहपृष्ठ » राजनीतिनेपालै नरहे पनि मधेसी त रहन्छौं-चिन्ता किन गर्ने ? सीके लाल

नेपालै नरहे पनि मधेसी त रहन्छौं-चिन्ता किन गर्ने ? सीके लाल

April 16, 2016१०७ पटक

 

२०७३ वैशाख ४ गते प्रकाशित

४ वैशाख, काठमाण्डौ । नेपालका चर्चित लेखक हुन् सीके लाल । लामा समयदेखि राजनीतिक बिषयमा कलम चलाउँदै आएका यी इन्जिनियर पछिल्लो मधेस आन्दोलनयता मधेसका पक्षमा खुलेर वकालत गरिरहेका छन् ।

शुक्रबार काठमाण्डौ सदभावना पार्टीको २६ औं स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लेखक लालले नेपालै नरहे पनि मधेस र मधेसी संस्कृति जिवन्त रहने भन्दै चिन्ता नलिन मधेसी आन्दोलनकारीलाई आह्वान गरेका छन् ।

लालले हिन्दी भाषामा सम्बोधन गर्दै भने- यति ठूलो मुद्दा लिएर हिडेका छौं भने किन हडबडाउने ? यदि नेपाल रह्यो भने त नेपाली नै रहने छौं, नेपाल रहेन भने मधेसी त हौं नि ।’

उनले अगाडी भने- यसमा चिन्ताको कुरा के छ ? केही चिन्ता छैन् । राष्ट्र त बन्छ, बिग्रन्छ । तर, आफ्नो जुन सांस्कृतिक पहिचान छ, त्यो त रहिरहन्छ । हामी चाहान्छौं कि, नेपाल रहोस्, त्यसैले त संर्घष गरिरहेका छौं ।’

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण