गृहपृष्ठ » समचारनवलपरासीको कावासोतीमा बस पल्टिँदा १४ जना घाइते

नवलपरासीको कावासोतीमा बस पल्टिँदा १४ जना घाइते

April 17, 2016८३ पटक

वैशाख ५  |  नवलपरासीको कावासोतीमा आज बिहान बस पल्टिँदा १४ जना यात्रु घाइते भएका छन । पश्चिमबाट पूर्व जाँदै गरेको ना५ख ४८९२ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती–१६ पुरानो कावासोती सडक खण्डमा ब्रेक फेल भई अनियन्त्रित भएपछि बस पल्टेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बसमा सवार ४० जनामध्ये चौध घाइते भएका र घाइतेहरुको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण