गृहपृष्ठ » मनोरञ्जन, साहित्यधुर्व बिश्वको भर्सेश धुर्व बिश्वकर्मा

धुर्व बिश्वको भर्सेश धुर्व बिश्वकर्मा

April 17, 2016३२७ पटक

dhurba 01 copyटुना कसीलो ,जिरो फिगर , लचक लचक तिम्रो कम्मर , आई एक प्ले बोइ लगाएतका गितबाट चर्चामा रहेका गायक धुर्व बिश्व नेपाली संगितको क्षेत्रमा यतिवेला शिखरमा पुग्ने प्रयत्नमा छन । भारतमा अध्यन गरेका धुर्वका बुवा भारतमै जागिरे हुनुहुन्छ । नेपाली साङ्गीतीक क्षेत्रमा केही गर्छु भन्ने उद्देश्यले नेपाल आएका धुर्वले भारमै बिभिन्न संगिका कक्षाहरु लिएका छन ।

साङ्गीतिक क्षेत्रमा लाग्नु अघि सङ्गीतको ज्ञान लिनु पर्छ भन्ने मान्यता रहेका धुर्वले बाबा सङ्गीतको पारखी भएका कारण घरमा त्यती धेरै अप्ठ्यारो भोग्नु परेन । बाबा आफै सङ्गीत बुझेको मान्छे भएका कारण बाबा स्वयमले सङ्गीतको कक्षा लिनका लागि प्रेरित गर्नु भयो म गायक भएर के गर्नु मैले भन्दा राम्रो मेरो बाबाले गाउनुुहुन्छ होला जस्तो लाग्छ मलाई उनले हास्दै भने ।

साङ्गीतिक क्षेत्रमा लाग्दा खेरी आफ्नो भाग्यले साथ दिएका कारण त्यती धेरै दुःख पाउनु नपरेको ठान्ने यि गायकले लेखेका गितहरु पनि निकै चर्चित छन । यद्दपि उनले आफुलाई गायक नै भनेर चिनाउन मन पराउँछन । गायकी मेरो सपना हो गित लेखन समयले सिकायो गर्दा गर्दा भयो उनले कुराकानीको क्रममा भने ।

 

थरको बिषयमा कुरा उठाउँदा आफ्नो नागरिकतामा बिश्वकर्मा उल्लेख भएता पनि सुदुर पश्चिमाञ्चल आइडल हुने बेलामा गल्तीवश आफ्नो थर बिश्वकर्मा हुनु पर्ने ठाउमा आधा अर्थात बिश्वको मात्र लेखिएको र सोही थर बाट परिचित भएका कारण थर परिवर्तन नगरेको उनको भनाई छ । आफ्नो जिवनको टनिङ्ग प्वाइन्ट चलचित्र निर्माता शुशिल शाहलाई मान्ने उनले आफु जिवीत रहँदा सम्म साङ्गीतिक क्षेत्र नछाड्ने प्रण गरेका छन ।
टक सुनार संगको कुराकानीमा आधारीत ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण