अप्रिल १८ सगरमाथाको कालो दिन संजय पण्डित
उज्यालो ५ बैशाख
अप्रिल १८ २०१४ बिहानको समय सबै आरोही तथा पथ प्रदशक आफ्नो जीवनमा एउटा अविस्मरणीण क्षण प्राप्तिको लागि आधार सिबिर बाट क्याम्प एक तर्फ देखि आफ्ना पाइला आगाडी लम्काइरहेका थिए |शास फेर्न पनि निकै गार्हो हुने खुम्बु क्षत्रमा हिडिरहेको बेला हिउ भर्यांङ्ग हरुको निर्माण गर्दै आइस फल डाक्टरहरु तल्लिन थिए | केहि आरोही माथि पुगिसकेका थिए भने केहि भर्यांङ्ग निर्माण गर्न लागेको हुदा तल बसिरहेका थिए | अकस्मात ठुलो हिम पहिरो आयो आरोही हरु भागाभाग हुने अवस्था आयो धेरै आरोहीहरुलाई निर्दई हिमपहिरोले तत्काल मिर्तुको मुखमा पुर्यायो भने कयौ आरोहीहरु चिसो हिमपर्बतमा हराइरहे |सगरमाथामा आहिले सम्मकै दर्दनाक घटना हुन पुग्यो |संसार भरका संचार माध्यममा प्राथमिकता साथ आजको दिनलाई सगरमाथा कालो दिनको रुपमा प्रस्तुत गरियो |२०१४ लाई सगरमाथा आरोहणमा रोक लगाइयो | दोर्जे खत्री जस्ता पर्ख्यात आरोही लगायत १६ जना पर्वतारोहीले हिम पहिरोमा ज्यान गुमाउनु पर्यो | संसारकै हिमाल आरोहणमा यो घटना निकै दुख र कस्ट रुपमा लिइयो |
संजय पण्डित (कृतिमानि विश्व पर्वतारोही एबम सगरमाथा आरोही हुन्