गृहपृष्ठ » मुख्य समाचार, राजनीतिहाम्रा मन्त्री यस्ता छन्ः पासपोर्ट छापाइ मै ४७ करोड नोक्सान पुर्‍याउँछन्

हाम्रा मन्त्री यस्ता छन्ः पासपोर्ट छापाइ मै ४७ करोड नोक्सान पुर्‍याउँछन्

August 11, 2015२०७ पटक

k//fi6« dGqL dx]Gb|axfb'/ kf08] . tl:a/M k|bLk/fh jGt–/f;;काठमाडौं, २६ साउन– परराष्ट्र मन्त्रालयले बिना टेन्डर हाल राहदानी छाप्दै आएको ओर्वथर कम्पनीलाई थप २५ लाख थान राहदानी छाप्न दिँदा राज्यलाई ४७ करोड रुपैयाँ घाटा लागेको तथ्य सार्वजनिक भएको छ ।
श्रम तथा अन्तराष्ट्रिय सम्बन्ध समितिले गत चैतमा हाल राहदानी छाप्दै आएको ओर्वथर कम्पनीको विकल्प खोज्न निर्देशन दिएको भए पनि मन्त्रालयले भने समय नभएको भन्दै पहिलो पटक ६ लाख थान र दोस्रो पटक बिना टेन्डर २५ लाख थान राहदानी छपाई गर्न दिएको थियो । संसदीय समितिले अहिले यस प्रकरणमा भ्रष्टाचार भएको आशंकामा छानबिन गर्न समिति गठन गरेको छ । यसअघि सो कमपनीले प्रतिराहदानी ३ दशमलव ५९ अमेरिकी डलरमा छाप्दै आएकोमा हाल सोही कम्पनीलाइ ४ दशमलव ८९ अमेरिकी डलरमा राहदानी छपाइ गर्न दिइएकोछ ।
– नेपाल समाचारपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण