गृहपृष्ठ » विशेष, समचारसामाजिक कार्यमा अगाडी बढ्दै हेण्डसम सुनार भर्सेस सुनार्नी

सामाजिक कार्यमा अगाडी बढ्दै हेण्डसम सुनार भर्सेस सुनार्नी

April 18, 2016२४३ पटक

टक सुनार

sunar sunarniबैसाख ६ । पछिल्लो समयमा फेसबुकको दुरुपयोगका कारण बलातकार हत्या चोरी लगाएतका घटना हुनु सामान्य जस्तै बनेको छ । यसको अर्थ यो होइन की यसको सकारात्मक पक्ष नै छैन । समाजिक सञ्जाल एक अर्कामा सुचना आदान प्रदानका लागि निर्माण गरिएको भएता पनि यसको गलत प्रयोगका कारण बिबिध समस्या देखिएका वेला समाजिक सञ्जाल फेसबुकमा निर्माण भएको हेण्डसम सुनार भर्सेस सुनार्नी नामक गु्रपले चट्याङ लागेर घाइते भएकी पोखराकी किशोरी देबी बिश्वकर्माको उपचारका लागि रकम सङ्कलन गरेर उदाहरणीय कार्य गरेको छ ।001

ग्रुपले किर्तीपुर अस्पतालमा उपचाररत बिश्वकर्माको उपचारका लागि ५४ हजार ५ सय ५५ रुपैया सङ्कलन गरेको छ । सङ्कलित रकम गु्रपका सदस्य सचिन रसाइली र ममता सुनारले अस्पतालमै पुगि पिडीत बिश्वकर्मालाई हस्तान्तरण गर्नु भएको रकम सङ्कलन गर्दै आउनु भएका प्रमोद बिश्वकर्माले बताउनु भयो । बहिनीको आर्थिक अवस्था नाजुक भएका कारण उपचारका लागि केही सहज होस भन्ने उद्देश्यले रकम सङ्कलन गरेको हेण्डसम सुनार भर्सेस सुनार्नी फेसबुक गु्रपका सदस्य ममता सुनारको भनाई छ ।

त्यस्तै गरी अन्य सहयोगीहरुमा हरी बिश्वकर्मा धादिङ्ग हाल मलेसियाबाट ५ हजार ,रमेश बिश्वकर्मा बुटवल ५ हजार रहनु भएको छ । निज देबी बिकको आर्थिक अवस्था ज्यादै दयनिय भएका कारण निजको उपचारका लागि आर्थिक सहयोग गरीदिनुहुन उपचारमा खटिनु भएका प्रमोद बिश्वकर्माले अपिल गर्नु भएको छ । सहयोगका लागि प्रमोद बिश्वकर्मा ९७४८०६२२८०,९८१८६७००१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । sunarni

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण