गृहपृष्ठ » खेलकुदडोटीमा सबैभन्दा ठूलो राशीको भलिबल प्रतियोगिता हुने

डोटीमा सबैभन्दा ठूलो राशीको भलिबल प्रतियोगिता हुने

April 18, 2016२१८ पटक

भूमिराज जोशी
दिपायल, बैशाख ६
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सबैभन्दा ठूलो राशिको भलिबल प्रतियोगिता शुरु हुने भएको छ । एकता सामाजिक बिकास केन्द्र तोलेनी डोटीद्धारा आयोजित जिल्ला स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको अध्यक्ष्ँ दिपेन्द्र बिक्रम सिहले जानकारी दिए ।
नब बर्ष २०७३ को पावन अवसरमा यहि बैशाख १३ गतेदेखि १८ सम्म हुन गइरहेको यूवा मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । यहि बैशाख १३ गते उद्घाटन सत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा डोटी निर्वाचन क्षेत्र नं १ का सांसद बीरबहादुर बलायरको प्रमुख आतिथ्य रहने अध्यक्ष दिपेन्द्रबिक्रम सिंहले जानकारी दिए । उनले भने ‘हामीले प्रमुख अथितिमा बलायर, बिशिष्ट अथितिमा पूर्व सांसद हर्कबहादुर सिहं लगायत जिल्ला स्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुको आथित्य ग्रहणका लागि आउने निश्चित भएको छ ।’ गाबिस र नगरपालिकाका टिमहरुलाई सहभागी गराई समुदाय र बर्गलाई सहयोग हुने भएकोले यो प्रतियोगिता गरिएको सिंहको भनाइ छ ।
एकता सामाजिक बिकास केन्द्र नामक गैर सरकारी संस्थाले गत बर्ष पनि नब बर्षको अवसर पारी डोटी निर्वाचन क्षेत्र नं १ लाई लक्षित गरी क्षेत्रीय स्तरीय भलिबल प्रतियोगिता गरिएको थियो । यो बर्ष भने पुरै जिल्लालाई समेटेर खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
खेलकुदका माध्यमबाट यूवाहरुको क्षमता बिकास गर्ने, भौगोलिक हिसाबले सदरमुकाम देखि टाढा रहेको तोलेनी गाबिसमा खेलकुद बिकासमा टेवा पु¥याउने, यूवाहरुको आकर्षण बढाउने, उक्त क्षेत्रमा पर्यटन बिकासमा सहयोग गर्ने लगायत बिभिन्न लक्ष्यका साथ मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष सिहले बताए ।
उक्त भलिबल प्रतियोगितामा करिब तीन लाख ८० हजार खर्च लाग्ने अनुमान गरेको छ । मञ्च ब्यवस्थापन गर्न तीस हजार, अथिति, यातायात, खाना खर्चमा पचास हजार, खेलकुद सामाग्री खरिदमा पचहत्तर हजार, खेलाडी ब्यवस्थापनमा पचास हजार, प्रचार प्रसारमा पच्चिस हजार र पुरस्कार, प्रमाण–पत्र, कपमा एक लाख ५० हजार गरी तीन लाख ८० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण