रीमतीको हत्या गरेर १४ महिनाकी छोरीलाई जंगलमा छाड्ने निर्दयी बाबु
रामेछाप, २६ साउन– सेनाका एक सिपाहीले श्रीमतीको वीभत्स हत्या गरी १४ महिनाकी छोरीलाई जंगलमा फालेको रहस्य खुलेको छ । रामेछाप मन्थली– १ को जंगलमा महिलाको शव र एक बालिका जीवितै भेटिएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा उक्त शव रामेछाप –४ डुम्रिखर्ककी इन्द्रा विश्वकर्मा क्षेत्रीको भएको र निजको हत्यामा पति रमेशकुमार विश्वकर्म संलग्न रहेको जनाएको छ । अनुसन्धानका लागि शनिबार साँझ आफ्नै घरबाट पक्राउ परेका रमेशले प्रहरीसमक्ष अपराध स्विकारेका छन् ।
सुकाजोर खोला पुगेका गोठालाले जंगलमा बच्चा रोएको सुनेपछि खोज्दै जाँदा शव भेटिएको हो । त्यसपछि गोठालाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बालिका भेटिएको ठाउँभन्दा केही मिटरमाथि महिलाको शव फेला पारेको थियो ।
–कान्तिपुर दैनिकबाट