गृहपृष्ठ » शिक्षा, समचारसिसहनियाँ गाविसका टोल टोलमा बालमैत्री समिति

सिसहनियाँ गाविसका टोल टोलमा बालमैत्री समिति

April 20, 2016१७१ पटक

बेगम महरा 

दाङ, सिसहनियाँ वैशाख ८ । सिसहनियाँ गाविसलाई २०७३ चैत्र मसान्त सम्ममा बालमैत्री गाविस घोषणा गर्ने तयारीका साथ गाविसको टोल टोलमा बालमैत्री स्थानीय शासन समिति गठन कार्यक्रम जारी रहेको छ । यसै बिच बुधवार सिसहनियाँ ६ बिजौरीमा भएको गाउलेहरुको एक भेलाले रविलाल कडेलको अध्यक्षतामा ७ सदस्यीय टोल स्तरीय बाल मैत्री स्थानीय शासन समिति गठन गरेको छ । जसको सदस्य सचिवमा मुन्नी चौधरी रहनु भएको छ । त्यसै गरि समितिका अन्य सदस्यहरुमा विन्दु चौधरी,महावीर चौधरी, अनिता चौधरी, सुशिल ज्ञवाली र लक्ष्मी चौधरी रहनु भएको छ । गाउँ अगुवा महावीर चौधरीको अध्यक्षतामा भएको भेलामा थरुहट तराई पार्टी नेपालका पाटेश्वरीप्रसाद चौधरी, कार्यदलका संयोजक रविलाल कडेल, कार्यदल सदस्य तथा शिक्षक हंशराज चौधरी, कार्यदल सदस्य शनिराम चौधरी स्वम्सेविका कुशुम चौधरी, सुशासनका समाजिक परिचालक सिर्जना शर्मा र पत्रकार ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

भेलाको सहजीकरण सामाजिक परिचालक विष्णुमाया चौधरीले गर्नु भएको थियो यसै बिच सिसहनियाँ ५ प्रगतीनगरमा भएको भेलाले श्यामा रावतको अध्यक्षतामा ७ सदस्यीय बालमैत्री समिति गठन गरेको छ । जसको सदस्य सचिवमा नरबहादुर के.सी र सदस्यहरुमा शोभा पाण्डे,, रती परियार, पदमा के.सी, संध्या बेल्वासे, हिमाल के.सी, फत्तेबहादुर के.सी र घनश्याम पोख्रेल रहनु भएको छ भने संध्या बेल्वासेको अध्यक्षतामा ११ सदस्यीय युनिक बाल क्लव गठन गरिएको छ । जसको उपाध्यक्षमा दिपेन्द्र पुन, सचिवमा हिमाल के.सी र कोषाध्यक्षमा समिता राना रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ । वडा नागरिक मञ्चका संयोजक भिमा आचार्यको अध्यक्षतामा भएको भेलाको सहजीकरण विष्णुमाया चौधरीले गर्नु भएको थियो ।

Childत्यसै गरि  पिपरीमा भएको भेलाले तारा घिमिरेको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति गठन गरेको छ । जसको सदस्य सचिवमा तुल्सा थापा र सदस्यहरुमा सुर्वनमान चौधरी, आषिश चौधरी, अर्चना चौधरी, गिरा सुवेदी, तुलाध्वज मलल रहनु भएको छ । वडा नागरिक मञ्चका संयोजक रामप्रसाद चौधरीको अध्यक्षतामा भएको भेलाको सहजीकरण सामाजिक परिचालक विष्णुमाया चौधरीले गर्नु भएको थियो । यसै गरि कालापानीमा भएको भेलाले गोर्वधन रावतको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति गठन गरेको छ , जसको सदस्य सचिवमा रामदुलारी चौधरी र सदस्यहरुमा गिता चौधरी, दिनेश चौधरी, एलिसा चौधरी, अस्मिता चौधरी, अकादशनी चौधरी रहनु भएको छ । त्यसै गरि भेलाले निष्कृय रहेको प्रगति बाल क्लवलाई पुर्नगठन गरेको छ ।

पुर्नगठित समितिको अध्यक्षमा दिनेश चौधरी, सचिवमा एलिसा चौधरी, कोषाध्यक्षमा  मुकेश चौधरी र सदस्यहरुमा असारी विक, दिलबहादु बगाले, पुजा चौधरी र रामकुमार चौधरी रहनु भएको छ ।  गाउँ अगुवा गोर्वधन रावतको अध्यक्षतामा भएको भेलामा एकिकृत नेकपा माओवादीका शान्तराज शर्मा, राप्रपा नेपालका टेकबहादुुर कार्की, राजमोका माधवप्रसाद आचार्य नेकपाका जयप्रकाश चौधरी , जनमुक्ति पार्टीका विष्णु गुरुङ, शिक्षक हंशराज चौधरी,  पत्रकार ओमप्रकाश गुप्ता लगायतको उपस्थिती रहेको थियो । भेलाको सहजीकरण गाविस प्राविधिक विमला भट्राई खनालले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण