गृहपृष्ठ » देवदह विशेषपाल्पाली समाज युएईको प्रथम वार्षिकोत्सव कार्यक्रमको तयारी पुरा, नेपालबाट आएका कलाकार दुबईमा बुधवार स्वागत

पाल्पाली समाज युएईको प्रथम वार्षिकोत्सव कार्यक्रमको तयारी पुरा, नेपालबाट आएका कलाकार दुबईमा बुधवार स्वागत

April 21, 2016१९३ पटक

यूएई –पाल्पाली समाज, यूएईको प्रथम वार्षिकोत्सवका मुख्य आकर्षक लोकगायक नारायण रायामाझी र लोकगायिका जमुना राना यूएई आइसकेका छन् । आगामी २२ अप्रिल, शुक्रबार बरदुबईको इम्पिेरियल सुइत होटलमा आयोजना हुन लागेको पाल्पाली समाजको कार्यक्रमका लागि कलाकारहरु बुधबार साँझ यहाँ आइपुगेका हुन् । अतिथि कलाकारहरुलाई रिसिभ गर्न कार्यक्रम संयोजक कैलाश अर्याल, प्रमुख सल्लाहकार कृष्ण आचार्य, महासचिव वेदप्रसाद अर्याल, दुबई क्षेत्रीय अध्यक्ष रमेश सापकोटा, टिकट संयोजक खुमप्रसाद न्यौपाने, सदस्य कालिका न्यौपाने, विष्णु बस्याल र राजु केसी लगायतका पदाधिकारीहरु एयरपोर्टसम्म पुगेका थिए । पाल्पाली कलाकारहरुको स्वागतार्थ नेपाली समाजका कोषाध्क्ष नरेन्द्र गिरी, नेपाल बिज्नेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, श्रीमती थापा, लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष गीतामणि पाण्डे, नेपाली अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खड्का पनि एयरपोर्टसम्म पुगेका थिए ।

received_1043287182416189

युएई आएका पाल्पालीहरूको जमघट गरी पाल्पालीहरुको दुःखसुखमा साथ दिनको लागि वास्तबिक पीडितसम्म पुगी सहयोग गर्ने हेतुले पाल्पाली समाज नामक संस्थाको स्थापना गरिएको थियो । युएईमा क्रियाशील संस्था मध्य अग्रपंत्तिमा आउन सफल यस संस्थाले नेपाली दिदीबहिनीहरुलाइ मध्यनजर राख्दै तीजको अवसरमा दर पनि खुवायो । प्रवासमा रहेता पनि नेपाली पन झल्काउँदै अर्को दसैँतिहारको अवसर पारेर शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम आयोजना गर्यो, जसमा घरायसी परिकारका साथ पाल्पाली तथा गैरपाल्पालीहरुका साथ सम्पन्न गरेको थियो ।

पाल्पाली समाजबारे पदाधिकारीहरु
पाल्पालीहरु युएईमा रहेका सातै स्टेटमा के कस्तो अवस्थामा रही के कस्तो समस्या भोग्नुपरेको र के कति मात्रामा पाल्पालीहरु अवस्थित छन् भनि पाल्पाली समाज युएईको परिचय पत्र वितरण गर्दै र सबै इमिरेटसमा पाल्पाली समाज युएई गठन गर्ने लक्ष्य पनि रहेको छ ।
नेपाली नयाँ वर्ष तथा प्रथम वार्षिकोत्सवको कार्यक्रम आयोजना गरी जसमा नेपाली संस्थाहरु, पत्रकार तथा युएईमा ब्यबसाय गरी बस्नु हुने नेपाली दाजुभाइहरुको बृहत् भेला गर्ने लक्ष्य रहेको छ । उक्त कार्यक्रमलाइ भब्य रुपमा सम्पन्न पार्नको लागि नेपालबाट वरिष्ठ कलाकार लोकगायक नारायण रायमाझी तथा लोक गायिका जमुना राना आइसकेका छन् । उक्त कार्यक्रम धेरै नेपालीहरुको छुट्टीको दिन पारि धेरै नेपालीको बीच पर्ने गरि दुबै, बरदुबई स्थित इम्पिरियल होटेलमा गरिने भएको छ ।
कैलाश अर्याल
कोषाध्यक्ष
……..
विनाशकारी भूकम्पले थिचिँदा पनि आवश्यक निर्णय सहज तरिकाले लिन सफल पाल्पाली समाज समाज, यहा भिन्दै परिचय दिन सफल समाज हो । अवस्थालाई मूल्यांकन गर्दै समाज परिवर्तनशीलता र पारदर्शी विचारकों अचुक औषधी हो पाल्पाली समाज ।
यहाँ यसो भनिरहदा पाल्पाली समाजको हरेक काम अन्य समाजले अनुशरण गर्नु पर्दछ र सबैको आँखामा राति गेडी वन्ने उद्देश्य लिदै अगाडी वढ्नु पहिलो काम हो । मेरो विचार म जहाँ छु जस्तो छु जसरी छु मेरो मन मस्तिष्क मा वसेको यो समाज सवै नेपाली को दुख सुखको साथी हुनुपर्दछ ।
माधब गैरे
सहकोषाध्यक्ष
……
पाल्पाली समाज युएई परिवारको विभिन्न ससाना कार्यक्रममा म लगायत मलाई साथ दिएर कार्यक्रमलाई सब्य र भब्य बनाउदै आएको र अहिलेको प्रथम बार्षिक उत्सबमा पनि कार्यक्रम सफल पार्नको लागि मलाई नै समिति मार्फत चयन गरेको हुँदा म आफैमा गर्व लाग्छ । एउटा् नेपाली हुन र पाल्पाली हुनुमा धेरै धेरै धन्यवाद ज्ञापन सम्पुर्ण पाल्पाली समाज युएई परिवारको परिवारलाई अहिले को कार्यक्रम सफल पार्नको लागि मेरो संयोजन मा ३० देखि ३५ जना स्वयंसेवक परिचालन गर्नको निम्ति सबैलाई आफ्नो समूहमा राखेको जानकारी दिन चाहन्छु ।
कार्यक्रम स्वयंसेवक
खगेस्वर (पाल्पाली कान्छा)
……
आफ्नो मातृभूमि छाड़ेर रोजÞगारीको बिदेसी भूमिमा रहेर पनी आफ्नो देशको लागि केही गर्न सकियोस् भन्ने हेतुले स्थापना गरिएको पाल्पाली समाज यूएईले गत साल भएको बिनाशकारी भूकम्पपिडीतहरू लगायत अन्य क्षेत्रहरूमा गरेको सहयोग अविस्मरणीय रहेको छ ।
सबै सुखदुखसँग संघर्ष गर्दागर्दै कहिलेकाही मनोरंजनलाईं साथी बनाई आफ्नो सस्कृतिको जगेर्नालाई मध्यनजÞर गर्दै आफ्नो वार्षिक उत्सव मनाउन गैरहेको पाल्पाली समाजÞले बारिस्ठ लोकगायक गायिका कोसाथमा स्थानीय कलाकारको बेजोड़ प्रस्तुति रहनेछ ।
टिकट संयोजक
खुमप्रसाद न्यौपाने
…….
प्रवासको लामो बसाइसँगैै रोजगारी सिलसिलामा युएईमा पाल्पालीहरुको पनि आगमन बढिरहेकोले र पाल्पालीको आफ्नै खालको संस्कार, संस्कृति, चालचलन रीतिरिवाज, मौलिकता भएकोले प्रवासमै बसे पनि सबै मिलेर जोगाइ राख्नुपर्छ । यहाँ आउनु भएका सबै पाल्पाली एकतामा बाँधिनुपर्छ भन्ने मान्यता साथ पाल्पाली समाज युएईको स्थापना गरेको हो र छोटो समयमा धेरै संघर्ष गर्नु पर्यो । त्यसैको फलस्वरुप आज पाल्पाली समाजले यो स्थान ओगटेको छ । यसै सिलसिलामा हामीले साना कार्यक्रम त गर्दै आएका थियौ तर हलहरुमा गरेका थिएनौ । अब आउने २२ अप्रिलका दिन पाल्पाली समाज युएईले पहिलो वार्षिक उत्सव नेपालबाट वरिष्ठ लोकदोहरी गायक नारायण रायमाझी र जमुना राना र यहाका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरी भव्यरूपमा मनाउने तयारी गरिरहेको छ ।
खुमबहादुर आले
अध्यक्ष
पाल्पाली समाज युएई
…….
पाल्पालीहरु यूएईमा सांगठनिक रुपमा एकजुट भएको एक वर्ष पुग्न लागेको सुन्दा अत्यन्त हर्षित छु ।
यति छोटो समयमा महत्वपूर्ण कार्यक्रम ल्याउन सफल यस संस्थाले पाल्पाली भुकम्प पीडितहरुको सहयोगार्थ जुटाएको थियो । बर्षौं अगाडिदेखि समाजसेवा गरिरहेका सामाजिक सस्थाहरुको तुलनामा अत्यन्तै ठूलो रकम ठहरियो ।
समाजका सकृय सदस्यको मृत्युपर्यन्त निजका सुपुत्रीको उच्चशिक्षा हासिल गराउन विद्यालयसँग गरेको सम्झौता र आर्थिक सहयोग, यस संस्थाको दोश्रो ठुलो पाईलाको रुपमा सावित भएको छ ।
यसको अलावा शैक्षिक क्षेत्रमा पिछडिएका पाल्पालीहरुलाई शिक्षा क्षेत्रमा बाटो देखाईदिने प्रण लिएको सुन्दा म पनि एक पाल्पाली भएको नाताले एकदम गौरवान्दित भएको छु ।
धन्यवाद,
बरुण खनाल
पाल्पाली
हाल : यू.ए.ई.
……..
पाल्पा जिल्लाबाट रोजगारीको सिलसिला मा यस खाडी मुलुक यूएईको विभिन्न स्थानमा कार्यरत सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुले आफ्नो ठाउँको उच्च कदर गर्दै आफ्नो चालचलन, कला, संस्कृति, इतिहासको जगेर्ना गर्नु सबैको जिम्मेबारी हो । यसै लाई अनुसरण गर्दै सम्पूर्ण पाल्पालीहरुलाई एउटै छाता संगठन पाल्पाली समाज युएईको छाता मुनि गोलबन्द गर्दै सबै नेपाली दाजुभाई दिदीबहिनीहरुसँग सहकार्य गर्दै हरेक परिस्थिति र दुख मा साथ दिने उदेश्य राख्दै धेरै लामो प्रयासपछि स्थापना भएको यस समाजले अहिले एकाइसांै शताब्दीको आवश्यकता परिबर्तन हो । हामीहरु सधैं परिवर्तन अरुमा चाहान्छौ । तर आफूमा हुनु पर्ने परिबर्तन गर्न सक्दैनौ । बास्तबमा भन्ने हो भने आजको विकास निर्माण र उन्नतिको लागि परिबर्तन को खाचो छ । यस विषयलाई पाल्पाली समाजले अभियानको रुप मै अगाडि बढाई सम्पूर्ण नेपालीहरुमा आजको आवश्यकता एक फरक संदेश दिने कार्यहरुलाई अगाडि बढाउने उद्देश्य राखेको छ । बिगत एक बर्षमा यस समाजले अगाडि बढाएका कार्यहरु पनि यो प्रमाणित गरिसकेको छ । सबै मिलेर गरे सबै असम्भवहरुलाई सम्भवमा बदल्न सकिन्छ भन्ने धेरै उदाहरणहरु छन् । धेरै बाधा, अबरोध, दुःख र कष्टका बेला सम्पूर्ण पाल्पालीहरुले हातेमालो गर्दै आज एक वर्ष पुरा गरेको अवसरमा प्रथम बर्सिकोत्सब एवम नया बर्ष २०७३ को अवसर मा बेजोड सांगीतिक प्रस्तुति गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यस अवसरमा सम्पूर्ण साथीभाइ, दिदीबहिनीहरु धन्यबादको पात्र हुनुहुन्छ ।
महासचिव
बेदप्रसाद अर्याल
पाल्पाली समाज यु.ए.ई.

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण