गृहपृष्ठ » अन्तर्वार्ता, देवदह विशेषहरेक काममा केही नगुमाए सम्म केही प्राप्तीको सपना देख्नु गलत हुन्छ : निर्देशक अर्जुन भण्डारी

हरेक काममा केही नगुमाए सम्म केही प्राप्तीको सपना देख्नु गलत हुन्छ : निर्देशक अर्जुन भण्डारी

April 21, 2016४९७ पटक

देश बाहिर रहेर पनि गित सङ्गीतलाई माया गर्ने र यसैलाई आफ्नो लगावमा राख्ने नायक निर्देशक अर्जुन भन्डारी एउटा सबैले सुनिएको र चिनिएको नाम हो, नेपाली लघु चलचित्र ” रिमेम्बर मी ” त्यसैगरी भर्खरै मात्र दर्शक स्रोता माझ “यति माया” बोलको आधुनिक गित ल्याउनु भएका भण्डारीसङ्ग हाम्रा सम्बादाता को सानो भलाकुसारी:

अर्जुन भण्डारीलाई हामीले कसरी चिन्ने, नायक या निर्देशक ?
हा हा (लामो हासो हास्दै) हुनत एउटा बिधामा मात्रै अगाडि बढ्नु पर्ने हो तर कलाकारको एउटै बिधा हुन्छ “कलाकारीता” त्यसैले अगाडी बढ्दै गरेको एउटा कलाकार भनेर चिनिदिनु भए हुन्छ !

लघु चल12795535_170153850033809_5613629618946421206_nचित्र “रिमेम्बर मी” कस्तो रह्यो ?
भर्खर पाइला टेक्दै थिए, कहाँ खाडल हुन्छ कहाँ मैदान सजिलै छुट्टाउन अप्ठ्यारो भाकै हो, तर पनि आफुले मेहेनत गरे अनुसार सबैले माया गरिदिनु भयो कृतज्ञ छु !

अब गित सङ्गीत तिर लागौं भर्खरै बजारमा आएको भिडियो गीत ” यति माया” कस्तो भाव बोकेको गित हो? 
अहिले बजारमा झुठो माया मा धोखा पाएर रुने मर्ने गितहरु धेरै छन् तर दुनियाँ सबै झुठो छैन यहाँ आफैलाइ भुलेर पनि माया गर्ने प्रेमीहरु पनि छन् तर त्यस्ता सच्चा प्रेमीहरुको मायालाइ बुझ्ने गरिदैन तर त्यो सच्चा प्रेमीले आफ्नो प्रेमको जाहेरी गरेको गित हो यो |

यो गितको शब्द सङ्गीत अभिनय?
बहुमुखी प्रतिभाका धनी आफैमा नायक /गायक/ सर्जक अर्जुन थापा मगरको सब्दले भरिएको यो गितमा कुशल गायक कृष्ण के सी को आवाज रहेको छ! अभिनय/निर्देशन/सम्पादन मेरो आफ्नै रहेको छ र साथमा मलाइ साथ दिनुभएको छ सपना सापकोटाले ! एकचोटी सबैले हेरेर साथ दिनु होला !

प्रदेशमा रहेर पनि छायांकनका कामहरुलाइ कलाकारीताका कामहरुलाइ साथमा जागीर अनि यो सबै लगावलाइ कसरी मिलाउनु भएको छ ?
हेरेक काममा केही नगुमाए सम्म केही प्राप्तीको सपना देख्नु गलत हुन्छ, जागीरको कुरा गर्दा, फ्री टाइम लाइ कलाकारिता मा बिताउने गर्छु र समयको कुरा गर्दा यो बिधाले मलाइ ब्यस्त बनाएको छ ब्यस्तता नै मान्छेको सफलता हो भन्ने भुझ्छु म !

अबको कुनै प्रस्तुती ?

नेपालबाट मलाई नायाक/गायक अर्जुन थापा मगर भाइले साथ् दिरहनु भएको छ , केही समय पछि हामी एउटा सरप्राइज प्याकेज यहाँहरुको लागि ल्याउने जमर्कोमा छौँ ! अहिले नै फ्ल्यास आउट नगरुम क्यारे

कला क्षेत्रमा प्रवेश गर्नु भएको कति भयो र यो क्षेत्रमा आउन बढी सहयोग कसले गरेको जस्तो लाग्छ ? र अहिले आफुले आफुलाई कस्तो महसुस गर्नुभएको छ ?
बाल्यकाल मै स्कुल पढ्दा खेरी गृहकार्यको सट्टामा राजेश हमालको चित्र कोरेर ढोकामा टास्दा सरको पिटाइ खाको बिर्सेको छैन हा हा (लामो हासो हास्दै) भन्नुको अर्थ झुकाव सानै देखि यही बाटोको हो ! यसै क्रममा २००६ साल (अङ्ग्रेजी बर्ष) तिर भारतको मुम्बईमा दाजु करन भण्डारीले मेरो सानै देखिको सौख सम्झेर अभिनय प्रशिक्षणको लागि न्यु मुम्बई स्थित सी.बी.डी बेलापुर बोलाएर कलाकेन्द्रमा भर्ना गरिदिनु भयो लगभग ३ बर्षको प्रशिक्षण पश्चात् म दुबई पुगे अनि दुबई पुगेको केही वर्ष पछी मेरो अनलाइन भेट नेपालमा रहेका नायक गायक मेरो भाइ अर्जुन थापा मगर सङ्ग भयो त्यती बेला मैले रिमेम्बर मी सार्बजनिक गरिसकेको थिए, भाइ अर्जुन थापा मगरले झनै मलाई हौसला दिए त्यसपछी मैले गितको भिडियो तिर पनि हात हाले!

यस्को श्रय ?
पक्कै पनि मेरो दाजु करन भण्डारी अनि मेरो भाइ अर्जुन थापा मगर !

अन्त्यमा ?
“यती माया” गितको भिडीयो युटुब मार्फत सार्बजनिक गरेको छु एकचोटी हेरेर सल्लाह सुझाव दिनु होला.साथै मेरो आउने न्यु अपडेट हरु हेर्नको लागि subscribe गरिदिन नभुल्नुहोला र नेपाली मन नेपाली पनलाई सधै माया गरिदिनु होला

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण