गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, समचार, स्वास्थ्यपश्चिम र मध्य क्षेत्रमा धेरै पानी पर्ने सम्भावना

पश्चिम र मध्य क्षेत्रमा धेरै पानी पर्ने सम्भावना

August 11, 2015५८० पटक

rainकाठमाडौं, साउन २६ – आज पश्चिम र मध्य क्षेत्रमा धेरै पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । मौसमविद् सुवास रिमालका अनुसार सिक्किमबाट आएको जलवाष्पयुक्त हावामा स्थानिय वायु मिलेकाले मध्य र पश्चिममा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

सिक्किमबाट पूर्व हुँदै मध्यमा पानी पार्ने हावा आएकाले राती पूर्व र मध्यका धेरै ठाउँमा पानी परेको उहाँले बताउनुभयो । यो हावा अहिले पश्चिमतिर सरेकाले आज मध्य पश्चिमको तराई र विशेषगरी चुरे क्षेत्रमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो । अहिले ठूलो पानी परेपनि दिउँसोदेखि निस्क्रिय हुने भएकाले बेलुकसम्म देशका धेरै ठाउँमा हल्का वर्षा हुने मौसमविद् रिमालले बताउनुभयो । उहाँका अनुसार केहि ठाउँमा भारी वर्षा र केहि ठाउँमा मध्य रातसम्म सिमसिम पानी पर्नेछ ।

भोलि बिहान भने मौसम सुधार भएजस्तो देखिने तर दिउँसोपछि बदली हुने उहाँले बताउनुभयो । मौसमविद् सुवास रिमालका अनुसार हिजो र आजको तुलनामा भोलि कम पानी पर्ने अनुमान गरिएको छ ।

वितेको २४ घण्टामा सबैभन्दा धेरै विरेन्द्रनगरमा ४४.७ मिलिमिटर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा २८ दशमलव २ मिलिमिटर पानी परेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण