गृहपृष्ठ » मनोरञ्जनसुनिल गिरिको सानै छदा सार्वजनिक ( भिडियो सहित )

सुनिल गिरिको सानै छदा सार्वजनिक ( भिडियो सहित )

April 22, 2016१५२ पटक

कमल न्यौपाने ।

सानै छदा आफ्नी मायालुसंग लुकामारी खेल्ने गरेको बारी गायक सुनिल गिरिले अझै नभुलेको बताएका छन । आफुले सबै साथीसंगी छाडी मायालुको अंगालोमा बढीएको अझै नभुलेको प्रस्त गरेका छन । आफ्नी मायालु रानी बनेर बादलु घुम्टो ओडी रानी बनी बसेको बेला आफु राजा बनेर लिन गएको समेत सुनलले भनेका छन । गाउघरको सानो गोरेटोमा उनैको हात समाई हिंडेको दिन पनि अझै ताजा रहेको बताउने सुनिलले आफ्नी मायालुले भुले पनि अझै आफुले भुल्न नसकेको बताएका छन । यि सबै गायक सुनिल गिरिले वास्तबिक नभई आफ्नो नौलो प्रस्तुती सानै छदा बोलको गीतमा भनेका हुन । युवा पुस्ताका चर्चित गायक सुनिल गिरिले पछील्लो समय उक्त गीत बजारमा प्रस्तुत गरेका हुन ।

4
आफ्नै स्वर,शब्द र संगीतमा सुनिल गिरिले कानै छदा बोलको गीत सार्वजनिक गरेका हुन । गीतलाई रिकेश श्रेष्ठले एेरेन्ज गरेका छन । बाल्यकाल र अहिलेको प्रसँगलाई समाबेश गरी भिडियोको निर्माण गरिएको छ । MR Creation ले बजारमा ल्याएको उक्त गीतको भिडियोमा सँगम र श्रेयाले अभिनय गरेका छन । बाल कलाकारको रुपमा सजन र रोजिनाले साथ दिएका छन । केदार धितालको निर्देशनमा बनेको उक्त गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले आफ्नो क्यामेरामा कैद गरेका छन । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन ।
सुनिल गिरिको सानै छदा गीतको भिडियो हेर्नको लागि तलको लिन्क्मा क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण