गृहपृष्ठ » राजनीतिएकता र ध्रुवीकरणको लागि प्रचण्डको अपील

एकता र ध्रुवीकरणको लागि प्रचण्डको अपील

April 22, 2016९१ पटक

काठमाडौँ, १० वैशाख

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेनिनले देखाएको क्रान्तिको सिद्धान्त अहिलेपनि मार्ग निर्देशन बनिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा महान् साम्यवादी नेता भि.आई. लेनिनको १४६ औं जन्म जयन्तीको अवसरमा शुभकामना दिँदै  प्रचण्डले भनेका छन्–‘२१ औं शताब्दीमा विश्व परिस्थितिमा अनेकौं महत्वपूर्ण परिवर्तन आए पनि हामी साम्राज्यवाद एवम् सर्वहारा क्रान्तिको युगमा छौं । लेनिनले अघि सार्नुभएको क्रान्ति तथा कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्तावनाहरुको महत्व घटेको छैन ।’

उनले पार्टी स्थापना दिवस र लेनिन दिवसको ऐतिहासिक अवसरमा देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको लागि अपील समेत गरेका छन् । ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरी समाजवादी क्रान्तिको दिशामा अघि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ’ उनले शुभकामना सन्देशमा भनेको छन् ‘लेनिनको जन्म जयन्तीको अवसर पारेर ६७ वर्ष अघि २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलन अनेकौं आरोह र अवरोह छिचोल्दै अघि बढिरहेको छ । जनयुद्ध र जनआन्दोलन हुँदै आएको यो आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा छ । जनयुद्धको जगमा भएको जनआन्दोलनले शताब्दीयौं लामो राजतन्त्रलाई अन्त्य गरी संविधानसभाद्वारा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीता, लगायतका राजनीतिक उपलब्धि सुनिश्चित गरेको छ । जसले समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार गरेको छ । यी उपलब्धिहरुका लागि नेपाली जनताका हजारौं सर्वश्रेष्ठ छोराछोरीहरुले बलिदान दिएका छन् । प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीहरुको निम्ति संघर्ष गर्नु आजको हाम्रो दायित्व हो ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण