गृहपृष्ठ » समचारबाँकेमा द्वन्द्वकालिन घटनाको ५६ उजुरी दर्ता

बाँकेमा द्वन्द्वकालिन घटनाको ५६ उजुरी दर्ता

April 22, 2016१०६ पटक

नेपालगंन्ज,बैशाख १०-

द्वन्द्वकालिन घटनाको छानबीन गर्न स्थानीय शान्ति समिति बांकेमा आज सम्म ५६ उजुरी दर्ता भएका छन् । बेपत्ता छानबीन आयोगमा २१ र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा ३५ उजुरी परेका छन् । उजुरी पर्ने क्रम जारी रहेको स्तानीय शान्ति समितिका सचिव पिताम्बर अचार्यले बताउनु भयो ।

मेलमिलाप आयोगले द्वन्द्वका क्रममा यातना पाएका, हिरासतमा राखिएका, अंगभंग भएका, विस्थापित र सम्पत्ती क्षति बेहोराका पीडितहरुले उजुरी दिएका हुन । सशस्त्र द्वन्द्वका क्रममा बाँकेमा २ सय ३७ जनाको हत्या र ५७ जना बेपत्ता पारिएको शान्ति समितिको तथ्यांक छ । त्यस्तै, अंगभंग ५८, सम्पत्ती क्षति १ सय ३१ जना, विस्थापित परिवार १ सय १२ र २४ अपहरणका घटना छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण