गृहपृष्ठ » अन्तर्वार्तानेपालको एकमात्र महिला सिडिओ भन्छिन,’श्रीमान घर चलाउनुहुन्छ,म जिल्ला चलाउँछु

नेपालको एकमात्र महिला सिडिओ भन्छिन,’श्रीमान घर चलाउनुहुन्छ,म जिल्ला चलाउँछु

April 22, 2016२४२ पटक
काठमाडौ, बैशाख १० ।  ७५ जिल्लाका सिडिओमध्ये इन्दु घिमिरे एक मात्र महिला सिडिओ हुन् । स्याङजामा एकबर्ष सफलतापूर्वक काम गरेपछि गुहमन्त्रालयले उनलाई कपिलबस्तुको सिडिओको रुपमा जिम्मेवारी दिएको छ । नायव सुव्बाबाट २०५४ सालमा निजामती सेवामा प्रवेश गरेकी उनी २०७१ मा सहसचिव भएकी हुन् । उनै घिमिरेलाई ८ प्रश्न :

10440894_536039909899195_5428583408662809710_n(1)

सिडिओका रुपमा कार्य गर्दा अनुभव कस्तो भइरहेको छ ?
मैले आफूलाई कहिल्यै पनि आफू महिला भनेर अनुभव गर्दिन । कुर्सीमा बसेपछि म महिला हो कि पुरुष हो भन्ने थाहा हुदैन । मलाई आफ्नो कार्यक्षेत्रको मात्र अनुभव हुन्छ । त्यसकारण त्यस्तो विशेष अनुभव केही छैन ।

महिला सिडिओका रुपमा काम गर्दाका केही रमाईलो अनुभव छन कि ?
स्याङजामा काम गर्दा मोबाइल फोन आउथ्यो,उठाएपछि सिडिओसाब हुनुहुन्छ भनेर सोध्थे । मैले हुनुहुन्न १० मिनेटपछि गर्नुहोला भन्थें । १० मिनेटपछि फेरि फोन आउँथ्यो, म नै फोन उठाउँथें । पछि भेट्न आउँदा महिला सिडिओ देखेर छक्क पर्थे । यस्ता धेरै घटना भए ।

जिल्लाको नेतृत्वसँगै परिवारको नेतृत्व पनि लैजानुपर्ने वाध्यता होला नि ?
त्यस्तो समस्या छैन । मेरो श्रीमान र दुई बच्चा छन् । बच्चाहरु हुर्किसकेका छन् । यसकारण परिवारको नेतृत्व सम्हाल्नुपर्ने अवस्था छैन । अफिसमै ढुक्कसँग काम गर्न पाएको छु ।

श्रीमान के गर्नुहुन्छ ?
उहाँ परिवार हेर्नुहुन्छ ।

बिहे कहिले  गर्नुभयो ?
एसएलसी दिएलगत्तै एसएलसी परीक्षा दिएर रिजल्ट आउनुअघि बिहे भयो ।

प्रेम विवाह हो ?
होइन,एरेन्ज म्यारिज नै हो ।

सरकारी जागिर खाने सानैदेखिको इच्छा हो ?
यस्तो इच्छा पनि थिएन । कलेजमा मेरो राम्रो पर्फमेन्स थियो. । एमबीए पढ्ने बेला नासुको विज्ञापन खुलेको थियो । परीक्षा दिए पास भए,त्यसपछि यतै लागियो । २०५४ सालमा नासुमा नाम निकालेको २०५६ मा अधिकृत भएँ । २०६५ मा उपसचिव र २०७१ मा सहसचिव भएको हुँ ।

फुर्सदमा के गर्न रमाउनुहुन्छ ?
फुर्सद नै हुदैन । कामसम्वन्धी पुस्तक पढ्न मन पर्छ । आध्यात्मिक अध्ययनमा पनि रुचि छ ।
दृष्टि साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण