डोटीमा पहिरोले ६ जनाको ज्यान गयो
डोटी, साउन २६ – डोटीको डौड गाबिसमा गएराती पहिरोका कारण ६ जनाको ज्यान गएको छ । घर माथिबाट खसेको पहिरोमा पुरिएर ८३ वर्षिया चन्द्रदेबी सिंह, ३६ वर्षिया देबा बिष्ट, १२ वर्षिय हर्कबहादुर विष्ट, १० वर्षिया सरस्वती विष्ट, ५ वर्षका वीरबहादुर विष्ट र ९ वर्षकी भावना विष्टको ज्यान गएको गाबिस सचिब लालबहादुर बोगटीले जानकारी दिनुभयो ।
पहिरोले दर्जनौं चौपाय पनि पुरिएका स्थानीयबासिन्दाले बताएका छन् ।