हात्तीको आक्रमणमा एकजनाको ज्यान गयो
पर्सा, साउन २६ – जंगली हात्तीको आक्रमणमा पर्साको निर्मलवस्ती गाविसको वडा नं ५ गोले टोलका एकजनाको ज्यान गएको छ । ५० वर्षिया जरि पाख्रिनको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहान गाउँ छिरेको हात्तीलाई लखेटन गाउँलेले हात्ती आयो हात्ती आयो भन्दै हल्ला गरेपछि पाख्रिन पनि घर बाहिर निस्कँदा हात्तीको आक्रमणमा पर्नुभएको हो ।
हिजो राती महादेवपट्टी गाविसको शान्ति टोलमा पनि जंगली हात्तीले प्रवेश गरेको थियो । स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा हात्तीलाई जंगलतर्फ भगाइएको छ ।
जंगली हात्ती निस्किएर दुःख दिने निर्मलवस्ती ,ठोरी, सुवर्णपु, महादेवपट्टी शंकर सरैया, सोनवर्षा गादी मथुवन मथौल ,बागवाना र बिरुवागुठी गाविसहरु पर्साको चारकोशे झाडीसँग जोडिएका छन् ।