गृहपृष्ठ » राजनीतिमाओवादी एकता भएरै छाड्छ–प्रचण्ड

माओवादी एकता भएरै छाड्छ–प्रचण्ड

April 23, 2016११९ पटक

टक सुनार
भैरहवा ,बैसाख ११ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओवादी एकता भएरै छाड्ने बताउनु भएको छ । बिभिन्न कारण ६ टुक्रामा बिभाजित माओवादी एकता नभए सम्म माओवादी आन्दोलन सफल नहुने उहाको भनाई थियो । देशी बिदेशी शक्ति अझै पनि माओवादी एकता हुन नदिनका लागि सक्रिय रहेको बताउदै माओवादी शक्तिलाई एकताबद्ध हुन कुनै शक्तिले रोक्न नसक्ने दाबी गर्नु भयो । माओवादी टुक्रदा यसको सबै भन्दा धेरै फाइदा दलाल फटाहाहरुलाई भएको भन्दै माओवादीको पक्षमा पुन एकपटक जनलहर सृजना भएको जिकिर गर्नु भयो । parchanda

रुपन्देहीको कोटीहवामा अगुवा कार्यकर्ता तथा बुद्धिजिवीहरु संगको अन्र्तक्रियामा उहाले उक्त कुरा बताउनु भएको हो । उहाले नयाँ शक्ति निर्माणमा लागेका डा. बाबुराम भट्टराई प्रति इङ्कीत गर्दै भन्नु भयो ” बाघ र बाख्रालाई एकै ठाउमा राख्न सकिदैन डाक्टहरुले यस्तो प्रयास गरेका छन तर यो कदापि सफ हुदैन” ।

उहाले डा.भट्टराईले जनयुद्धका शहिद र माओवादी आन्दोलनलाई बदनाम गरेर बिदेशी प्रभुको शरणमा झुक्न गएको आरोप लगाउनु भयो । अध्यक्ष प्रचण्डले माओवादी सरका परिवर्तन भन्दा पनि सरकारको काम कार्वाहीलाई कसरी जनतामुखी बनाउने बिषयमा वढी गम्भीर रहेको र अवको ६ महिनामा माओवादीलाई देशकै निर्णाएक पार्टी बनाएर देखाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । भेला एमाओवादी निकट प्राध्यापक शिक्षक , वकील र पत्रकारहरुको संगठनहरुले संयुक्त रुपमा आयोजना गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण