गृहपृष्ठ » शिक्षा, समचारनैतिकता निर्माण भए देश भू–स्वर्ग बन्ने : शर्मा

नैतिकता निर्माण भए देश भू–स्वर्ग बन्ने : शर्मा

April 23, 2016१४२ पटक

बेगम महरा

गढवा ११ बैशाख  मुलुकमा बौद्धिक, राजनैतिक र आर्थिक विकासको गति अगाडी बढ्दै गएको अवस्थामा नैतिकता र चरित्र निर्माण भएमा देश भू–स्वर्ग बन्न सक्ने बरिष्ठ साहित्यकार एवम् प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । देशमा लोकतन्त्र आएपछि सामाजिक विभेद, दमन र थिचोमिचोमा कमी भएपनि देश चलाउने मान्छेहरुमा नैतिक चरित्रको विकास नभएको उहाँले बताउनु भयो । देउखुरी साहित्य तथा सांस्कृतिक मंचको आयोजनामा देउखुरीको गढवा स्थित देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहलमा भएको दशौं वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल संस्कृत विश्व विद्यालयका पूर्व कुल सचिव स्थानेश्वर गौतमले मुलुकको समृद्धिका लागि सृजनात्मक काममा अगाडी बढ्नु नै ठूलो आत्म सन्तुष्टि भएको कुरा बताउनु भयो । कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल संस्कृत विश्व विद्यालयका परीक्षा नियन्त्रक धनेश्वर नेपालले देउखुरीमा स्थापना भएको सामुदायिक पुस्तकालय बाट जन समुदायको चेतना स्तर बृद्धिमा सघाउ पुग्ने कुरा बताउनु भएको थियो । सो अवसरमा भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउनु हुने ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा संस्कृत शिक्षाका अध्येता स्थानेश्वर गौतम, साहित्यकार शुसिल गौतम हापुर र पुरस्कार संस्थापक गोपिराज आचार्यलाई सम्मान गरिएको थियो । यसैगरी साहित्य क्षेत्रमा कलम चलाउने प्रा.डा. शिव कुमार सुवेदीलाई कतार देउखुरी साहित्य पुरस्कार, साहित्यकार शुसिल गौतमलाई होत–विष्णु स्मृति साहित्य पुरस्कार, थारु संस्कृतिका अनुसन्धानकर्ता अशोक थारुलाई पाठक कला संस्कृति तथा संगित पुरस्कार, जागेश्वर शर्मालाई पोख्रेल पद्य साहित्य पुरस्कार र उदयराज आलेलाई ज्योति सिंह स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी ठागु–रामपती प्रतिभा पुरस्कार निरु चौधरी, ऋषि–बिना साहित्य पुरस्कार शेषमणी रिजाल, शोभादेवी संघर्षशील साहित्य पुरस्कार राधा पौडेल र जगत आचार्य स्मृति साहित्य पुरस्कार जगत राम यादवलाई प्रदान गरिएको थियो । उक्त अवसरमा राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, दाङ शाखाका प्रतिनिधि छविलाल कोपीला, प्रगतिशील लेखक संघ दाङका प्रतिनिधि निमबहादुर थापा, लेखक संघ दाङका उपाध्यक्ष गोबिन्द पौडेल, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका उपाध्यक्ष गिरिराज भट्ट, साहित्यकर्मीहरु टिका बस्नेत, रेशम बि.सी., निर्मला कार्की, रविलाल आचार्य, गितकार नारायण योगी, यादवनाथ योगी, खगेश्वर शर्मा, हरेकृष्ण ज्ञवाली लगायत पुरस्कृत श्रष्टाहहरुले रचनावाचन संगै शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रममा मंचको वार्षिक साहित्यिक मुख पत्र स्तम्भको विमोचन गरिनुका साथै सचिव शिवराज पन्थीद्धारा संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । यसैगरी कार्यक्रममा हाल उपचाररत अवस्थामा रहनुभएका साहित्यकार एवम् संस्थाका आजिवन सदस्य नित्यानन्द शर्माको स्वास्थ्यलाभको कामना सम्बन्धि प्रस्ताव पारित गरिएको थियो । मंचका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष शेर बहादुर चोधरीले तथा कार्यक्रमको संचालन हिमोढ पहाडीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण