गृहपृष्ठ » मुख्य समाचार, राजनीतिशान्ति पुर्ण सिटी जुलुश,दुई घण्टा चक्का जाम

शान्ति पुर्ण सिटी जुलुश,दुई घण्टा चक्का जाम

August 11, 2015२१२ पटक

काठमाडौं—२६ साउन,

नयाँ संविधानमा आफ्ना सवाललाई ओझेलमा पारेको विरोधमा रचणबद्ध आन्दोलनको घोषणा गरेको संयुक्त दलित आन्दोलन नेपालले आज राजधानी लगाएत देशैभरी विरोध प्रर्दशन गर्ने भएको छ ।

संविधानमा अधिकारको सुनिश्चितताको माग गर्दै आन्दोलनको घोषणा गरेको समितिले देशैभरी सिटी बजाउँदै दुई घण्टा चक्का जाम सहित प्रर्दशन गर्ने काँग्रेस सभासद मीन विश्वकर्माले जानकारी दिनुभयो । पहिलो संविधानसभाको पुर्ण बैठकले सर्बसहमतिबाट पारित गरेको र दोस्रो संविधानसभाले सर्बसम्मतिले स्वामित्व ग्रहण गरेका दलित समुदायसबै हक अधिकारहरुलाई जस्ता को जस्तै नयाँ संविधानमा समावेश गर्न सहितका ९ बुदे माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको समितिले बिहान १० बजे देखि १२ बजेसम्म चक्काजाम तथा विरोध प्रर्दशन गर्ने पुर्वसभासद विनोद पहाडीले जानकारी दिनुभयो । नयाँ संविधानको मस्यौदामा दलित समुदायका सवाललाई समावेश नगरेको विरोधमा दलित समुदायका सभासद् तथा अधिकार कर्मिहरुको सहभागितामा संघर्ष समितिनै गठन गरि चरणबद्ध आन्दोलको घोषणा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण