गृहपृष्ठ » राजनीति‘देशको स्वाधीनताको लागि लड्दैछौं’ ःसुबेदी

‘देशको स्वाधीनताको लागि लड्दैछौं’ ःसुबेदी

April 24, 2016१०२ पटक

भूमिराज जोशी बैशाख १२ डोटी
नेपालमा भईरहेको कालोबजारी, दलालीकरण, चोरीडकैती, बेचबिखन जस्ता जघन्य अपराधहरुलाई हटाई स्वतन्त्र नेपालको स्वाधिनताको लागि लडिरहेको देशभक्त संघिय जनबादी मोर्चा नेपालकी महासचिब खेमा सुबेदीले बताइन ।
शुक्रबार डोटीको सिलगढीमा भएको बर्तमान राजनीतिक परिस्थति र राष्ट्र स्वाधीनताको सबाल बिषयक एकदिने अन्र्तक्रिया कार्यक्रममा नेता सुबेदीले यस्तो बताएकी हुन । राष्ट्रको हितको लागि सबै पार्टीका नेता तथा कार्यकर्ता, नागरिक समाज, पत्रकार लगायत सबै मिलेर उज्जल नेपाल बनाउनु पर्नेमा जोड दिइन । उनले भनिन्, ‘अहिले नेपालमा दिन प्रतिदिन कालोबजारी, दलालीकरण, नाकाबन्दी, सिमा असुरक्षा (नेपालको भूमि अतिक्रमण) भइरहेको छ, सरकार भने मौन बसेको छ । त्यसैले अब हामी स्वतन्त्र जनताहरु एकजुट भएर लड्नु पर्छ । देशको स्वाधिनतालाई जोगाउनु पर्छ ।’

10440894_536039909899195_5428583408662809710_n(1)
अहिले एकजना नेपाली बराबर ३५ हजार बिदेशीको ऋण थुप्रिदै गएको देशभक्त संघिय जनबादी मोर्चा नेपालका केन्द्रीय सदस्य आर.पि. तिमिल्सेनाले बताए । उनले भने ‘यो लाचार सरकारले ऋण थुपार्न मात्र जानेको छ, दैनिक १८ सय यूवाहरु बिदेशिदै छन । उनीहरुलाई रोजगार दिन सकेको छैन ।’ कालोलोबजारी, दलालीकरण गर्नेलाई अझै हौसला दिइरहेको छ, कार्बाही गर्न सकेको छैन । झुटा आश्वासन मात्र दिइरहेको भन्दै बर्तमान सरकारको आलोचना गर्दै नेता तिमिल्सेनाले भने ‘यो देशका रक्षार्थको जिम्मा बिप्लब माओबादी निकट देशभक्त संघीय जनबादी मार्चाले मात्र लिइरहेको जस्तो छ ।’ अरु कुनै दलको चासो छैन ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब केशबनाथ योगीले भने, ‘देशमा संबिधान त आयो, तर संबिधान किन र केका लागि भन्ने बिषयमा बहस गर्नुपर्ने आवश्यक देखिन्छ ।’ जनताको हक र अधिकारको लागि संबिधान आएपनि कार्यान्वयन हुन नसक्दा संबिधान आए नआएको एउटै भएको योगीले बताए ।
यो देशमा जो आएपनि आफ्नै स्वार्थका लागि मात्र राजनीति गर्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी डोटीका कार्यबाहक अध्यक्ष बहादुर सिं खड्काले भने, ‘मेरै पार्टीमा पनि सूर्यबहादुर थापाले राजनीति गरे छोरा भतिजालाई मन्त्री बनाए, लोकेन्द्र बहादुर चन्दले राजनीति गरे छोरालाई मन्त्री बनाए । जो गरिब जनता छन, जो देशको लागि ज्यान नै दिन्छन उनको भने समयनै आउदैन ।’ अब स्वतन्त्र नागरिक एक भएर देशको बिकासको लागि, दलित, मधेसी, पिछडीएका बर्गहरुका अधिकारको लागि लड्ने प्रतिबद्धता ब्यक्त गरे ।
आम नागरिकका मागहरु पुरा नहुँदा आफूले र आफ्नो पार्टीले कालो संबिधानको घोषणा गरेको संघीय समाजकादी फोरम डोटीका कार्यकाहक अध्यक्ष श्रीचन्द्र श्रेष्ठले बताए । उनले भने, हामीले देशको स्वाधिनताको लागि, सिमा सुरक्षाको लागि, कालो बजारी, बेचबिखन, दलालीकरणको लागि हामी सबैले आ–आफ्नो क्षेत्रबाट आवाज उठाउनु पर्छ ।’
बर्तमान राजनिति परिस्थतिमा भारतीय हस्तक्षेप पनि तिब्र भैरहेको छ । निर्दोस नेपाल र निर्दोस नेपाली जनता माथि नाका बन्दी गरेर भारतले आफ्नो नालायकीपन प्रर्दशन गरेकोले हामीले एकजुट भएर हैसियत जमाउनु पर्ने कार्यक्रमका सहभागीहरुले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण