गृहपृष्ठ » राजनीतिपत्रकारितालाई जवाफदेही बनाउन आवश्यक : मन्त्री राई

पत्रकारितालाई जवाफदेही बनाउन आवश्यक : मन्त्री राई

April 24, 2016८३ पटक

काठमाडौ, १२ बैशाख

 
 सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकारिताको विकृति अन्त्य गर्दै जवाफदेही बनाउन आवश्यक रहेको बताएका छन् । ‘प्रभाव’ राष्ट्रिय दैनिकको दोस्रो वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले संविधान कार्यान्वयनका लागि सञ्चारमाध्यमले जिम्मेवार र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले पत्रकार र पत्रकारिकाताका लागि न्यूनतम मापदण्ड बनाउने तयारीमा सरकार लागिरहेको जानकारी दिँदै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन आवश्यक रहेको धारणा राखे । उनले पत्रकारको पारिश्रमिक जीउन सक्ने गरी वृद्धि गर्न लागिएको बताउँदै केही दिनमै न्यूनतम पारिश्रमिकको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गर्न लागिएको जानकारी दिएका थिए ।
राईले प्रभाव दैनिकलाई सफलताको शुभकामना दिँदै सबैको विश्वासिलो पत्रिकाको रूपमा यसलाई स्थापित गर्न आग्रह गरे । कार्यक्रममा प्रभाव दैनिकका सम्पादक कमल श्रेष्ठले संविधान निर्माण र भूकम्पपछिको पुनःनिर्माणलाई केन्द्रमा राखेर आफूहरूले पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बार्षिक उत्सव समारोहमा वैदेशिक रोजगार (तमुधि) का भुवनसिंह गुरुङ्,प्रगतिशिल रोजगार व्यवसायी संघका अध्यक्ष नरेश गेलाल,लोकतान्त्रिक फोरमका अध्यक्ष प्रज्ञान न्यौपाने, वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान अध्यक्ष हंशराज वाग्ले,बरिष्ठ व्यवसायी किरण किशोर घिमिरेलगायतले वैदेशिक रोजगार विभागमा चरम भ्रष्टाचार बढेको भन्दै सम्वन्धित पक्षको ध्यानाकर्षण गरेका थिए । उनीहरुले फ्रि भिसा फ्रि टिकटको सवालमा विमल ढकाल नेतृत्वको व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ सही रुपमा प्रस्तुत हुन नसकेको भन्दै गम्भिर असन्तुष्टी जनाएका थिए । कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराईले संचार क्षेत्रको विकासले मुलुक अध्यारोबाट माथी उठ्न सकेको बताएकी थिइन् ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण