गृहपृष्ठ » विशेष, साहित्यसलामीको दुनियामा शल्यक्रियाको कैची

सलामीको दुनियामा शल्यक्रियाको कैची

April 24, 2016२८३ पटक
depak

यज्ञप्रसाद न्यौपाने ‘दिपक’

– यज्ञ प्रसाद न्यौपाने
गजलको उर्वर ६० को दशक  र ७० को दशकको प्रारम्भिक रेखाङ्कनमा २०७२ साल चैतमा प्रकाशित मैले देखेको दुनियाँ गजल संग्रहका प्रणिता हुन् । विपीन सलामी । विपीनले सयौ नजरले नखुट्याएका दुनियाको नग्न तस्विरहरु सार्वजनिक गरिदिएका छन् । यसर्थ पनि उनलाई काव्यिक सौन्दर्य सञ्जालका मार्क जुकरवर्ग भन्न मन लाग्छ । नाम प्रतिको उनको मोह भङ्ग छ । ठेगाना हराएका पैतालाहरुलाई गन्तव्यको रेखान्वित शीलशीलामा उनी ड्राईभ गर्न सिपालु छन् । गजल संग्रहमा प्रयुक्त सामाजिक चेतनाको विपुल सौन्दर्य संवेदना भित्रै पस्कन्छन् । उनी जुन तथाकथित गजलकारहरुको फेल भएको ट्रायल हो । विषयवस्तुगत हिसाबले सामाजिक मुल्य चेतनासंग सामिप्यछन् ।

दुनिँयालाई अधिक संबोधन गरिएका यी गजलहरु त्रासदिपूर्ण समयका सघन स्वरहरु हुन् । भावको उद्वेगले मन भर्ने केही गजलहरु आवरणमा कमजोरी पूर्ण नभएका होईनन्, तथापि वर्तमान जीवनको त्रस्पत विसंगत प्रकट गर्न भने कहि कतै चुकेका छैनन् ।

८० पृष्ठमा समायित थान गजलहरु । सबैगजलहरु काव्य मिमंसाको कसीमा सरल जीवन दर्शन प्रतीत हुन्छन् । मैले देखेको दुनिया थुप्रै मनोदशाको उत्खनन हो । मूल्यहीन प्रेमप्रति कुनै राग छैन । गजलका एक शेरहरुमा सिङ्गो कथानक बन्ने संभावनाको प्रबलता छ ।
bipinदुनिँयालाई अधिक संबोधन गरिएका यी गजलहरु त्रासदिपूर्ण समयका सघन स्वरहरु हुन् । भावको उद्वेगले मन भर्ने केही गजलहरु आवरणमा कमजोरी पूर्ण नभएका होईनन्, तथापि वर्तमान जीवनको त्रस्पत विसंगत प्रकट गर्न भने कहि कतै चुकेका छैनन् ।
समय अनि समय र समाजविचको प्रेम, जीवन, विवशता, नैतिकता, मानवता, सामाजिकता, निकृष्टता जस्ता अनेकौ विषय सम्बद्धताले गजललाई उच्चकोटीको हो भन्ने प्रमाण पुष्टि गरेका छन् । निम्न वित्तिय जीवन प्रति उनको अभिव्यक्ति यस्तो छ :–

शिरदेखि पाउसम्म असर देखियो
लाग्छ ज्यान लिन्छ तमसुक एकदिन ।

धेरै कलमले लेख्छन् सलामी भोगाईले लेख्छन् यो नै उनको नवीन प्रवृत्ति हो । मानव समाजको तमसुकी फेहरिस्दा मैले देखेको दुनियामा पाईन्छ । आहत देशसंग गजलकार सलामी पनि आहत वनिदिन्छन् र भन्छन् ः–
मान्छे तलामाथि तला थप्दै बसेको छ ।
शीरबाट आकाश कहाँ हटेको छ ।

गजल पढिरहदा मलाई के लाग्थ्यो भने विपीन गजलकार हुनुपूर्व कवि थिए यदि यो सत्य होइन भने उनी कवि बन्छन् । गजलका शेरको उपस्थिती बिम्बात्मक एवं प्रतीकात्मक तवरले व्यक्तिएको छ । गजलमा वर्गीय चेतना उदान्त भएर देखापरेको छ,यसरी ः–
भरीयाकै थाप्लोमा दौडियो समय
समयले कहिल्यै बजार पाएन
बाघचालको खेलहो सकिनेछैन
शिकारीले यहाँ सिकार पाएन

हुदाँ खाने मजदुर भरियाहरु, हुनखानेका हतियारी नोकको निशानी बनेकाछन् । गजलकार विपीन यति धेरै संवेदनशील छन् । उनी राष्ट्रको दुर्दशालाई सस्ता श्रमको विश्व बजार अघिल्तिर बुट बजार्छन्
बिरानो मूलुकको भीसा लागेको छ
पुख्र्यौलि घर नाला लागेको छ ।

प्रेम पथिक हिमायतीहरुलाई पनि उनी आफै बनेर सुझाएका छन् ।
माटोको भाँडा रहेछ हाम्रो नाता
भुईमा के खसेथ्यो टुक्रिएर सकियो ।

माथिको शेर प्रतीकात्मकको तर्कसंगत अभिव्यक्ति हो । पुनः उनी मानवीय कमजोरीलाई उजागर गर्छन् ।
पुग्नुको नाममा त दुनियाँ पुगियो
आँखा पुगेन तिम्रो चेहरा भन्दा टाढा ।
प्रेमबाट पृथक रहन नसकेको सत्यको उद्घाटन एउटै शेरबाट काफि भएको पाईन्छ । गजलकारमा एउटा अतृप्त तृष्णा छ, जुन तृष्णा उनी गजल समुन्द्रको बुँदामा खोजीरहेछन् । गजलसंग्रहमा विद्रोही चेतना छ । अध्यारोसंग साउती गासेर अन्धकार विरुद्ध युद्धको शङ्ख घोष गर्छन यी शेरहरुले :-
बातचित गर्नुछ यो अध्यारोसंग
बलेकोही यो पनि निभाउनुपर्छ ।

मानिसमा विश्वासको धरहरा ढलेकोमा गजलहरु कतै शोकमग्न कतै नाराजुलुसमा छन् । शहरमा विकृत जीन्दगी शासन गरिरहेछन् । गाउँमादुःखको भारीले भरिया बोकीरहेछ । निष्ठुर समयले भत्काएको छ देशको छाति, छाति भित्रको एउटा धमनीमागजलकार विपीन सलामी पाईन्छन् । पैसा भनेपछि आजको मान्छे जे गर्न पनि तैयार छ । उ मूल्य बेच्छ । ऊ इज्जत बेच्छ । ऊ सबथोक बेच्छ गजलकार यसै प्रसङ्गमा भन्छन् :-
यसरी खेलाउँछ पैसाले हामीलाई,
जसरी जिब्रोले चुइगम खेलाउँछ

विप्रलम्म श्रृङ्गारप्रति गजलकार कृत्थन पनि बनेका छन् ।
भएको मन दिएर सकियो
जसरी जुक्ता चप्पल खिएर सकियो

यो विसङ्गत समाजप्रति विद्रोहको यूवा पनि उरालेका छन्, संग्रहित शेरहरुले
उसको हिम्मतलाई मेरो सलाम
आगोमा पाईला राखेर हिड्यो

क्रान्ति चेतनाबाट अचुक छैनन् गजलहरु भावमा प्रवलता, अभिव्यक्तिमा तिव्रता संयोजनमा चातुर्यता लेखनमा विम्वपरकता गजलकारीका विशिष्ट प्राण्तिहरु हुन् । चित्रात्मक व्यञ्जनमा भाव तिक्ष्णता सिङ्गो गजलसंग्रहको मूल्य हो । सो मूल्यको टाँचा गजलकारको लेखन शील्पीले लगाएको छ । गजलकार विपीनलाई समयले ऐठन गरिदियो । उनी मगज ववेश यो र जन्मियो उनले देखेको दुनिया हास मनोवृतिका त उनी खरो विरोधी हुन् ।
किन आयो उसैबाट गुलामीको गन्ध ?

प्रश्न गर्छन् उनी उत्तरमा उनी भन्छन् :–
अस्तित्वको धनत्व कमी भएको छ । लाचारी बढीरहेछ, शत्ता र शक्तिको खेलले पहाड रोईरहेछ, रुख जङ्गल, नदी रोईरहेछन् । ईमान एकैचैटीमा राखेर नेतृत्व लम्पसार छ । प्रराई अधिहिता यसप्रति विपीनको तुमुल विरोध छ । नीति र आचरण विर्सनेको त गजलकारले उछितो काटेका छन् ।

विश्वास काट्ने जिब्रो भन्दा कपाल काट्ने कैचि मनपर्छ उनलाई । क्याविनमा छिरेर यौनलिला मच्चाउनेहरु, भाषणमा नारी अधिकार र चेतनाको कुरा गरेकोमा उनको तिव्र विमती छ । व्यक्ति सत्ताको घृणित अभ्यासप्रति गजलहरु चुप छैनन् । कसैको नमस्कारमा लुण्त कुटीलतालाई गजलले भिडियो एक्सरे नगरेका छन् ।

घना जङ्गल राष्टियताको धरातलमा भासिएको उनको गहन चिन्ता छ । हार्दिकताको आत्महत्या, स्वार्थको ढुङ्गा र निलज्ज यात्रीहरुलाई त झन् कटाक्ष गर्छन्, गजलकार विपीन :–
कुनै हात रणभूमिमा बम खेलाउँछन् ।
कुनै हात मेचमा रकम खेलाउँछन् ।

विश्वास काट्ने जिब्रो भन्दा कपाल काट्ने कैचि मनपर्छ उनलाई । क्याविनमा छिरेर यौनलिला मच्चाउनेहरु, भाषणमा नारी अधिकार र चेतनाको कुरा गरेकोमा उनको तिव्र विमती छ । व्यक्ति सत्ताको घृणित अभ्यासप्रति गजलहरु चुप छैनन् । कसैको नमस्कारमा लुण्त कुटीलतालाई गजलले भिडियो एक्सरे नगरेका छन् । पुरानो चस्माबाट हेरिदियो भने सुन्दर सुन्दर हिमालपनि धुमिल बनिदिन्छ । हजुरबुवाको निधार थेप्चो थियो भन्दैमा छोरा छोरीको, नाती नातिनाको निधार त्यस्तै हुनुपर्छ भन्नेछैन । मैले यो यस मानेमा भने गजल परम्पराको निरन्तरतामा अटाउन सक्दैन । विपीनहरुले यसको आयामलाई, यसको छातिलाई चौडा पारिसके । गजलमा अब जमिन्दारी टिक्दैन मन्ने तथ्यको सबुत पनि हो । यो गजलसंग्रह परारैसाल बालेका आगोमा अहिले हात सेक्न धृष्टता कसैले पनि नगरे हुन्छ ।
गजलमा व्यक्त जीवनदर्शन: गजलमा मैले जीवन दर्शन केलाउने अभिप्रायले पढे मलाई लाग्यो गजलका प्रति शेरहरु हेर्दा मैले सुन्दा फूलबारीको मोहक फूललाई छुनु गल्ती त हुदैन ?
७ औ पृष्ठको प्रथम गजलमै आफ्नो अस्मिता र अस्तित्वको खोज गरिएको छ , भने राष्ट्रप्रेमको आशावादी चिन्तन पनि प्रकट भएका छन् । गजलहरुमा गजलकारले अध्यारोसंग संवाद गरेर उज्यालो प्रतिको आफ्नो आकाङ्क्षा बडो मार्मिक ढङ्गले व्यक्त गरेका छन् । आशावादी अस्तित्वको खोजमा क्रान्ति चेतना र समयको सुन्दर चित्र यो संग्रह बनेको छ । बहुलवादी चेतना प्रकट भएको छ । विपीनका आवाजको प्रतिध्वनी र विचलन समयको माग हो ।

उपसंहार : –
गजलको आन्तरिक एवं वाह्यतत्वको आधारमा हेर्दा गजलमा केही त्रुटि भने अवश्य छन् । भाषिक विन्यासमा पनि त्रुटि छ । एउटा मात्र एउटा गजलको प्रथम शेर पूर्णतय परिमार्जन गर्नुपर्ने ५६ औ पृष्ठको गजलमा :-
यो बजार गाउँको पाठशाला होईन
पैसा चल्छ यहाँ बोलबाला

रदिफ, काफिया, हमकाफिया, तखल्सुको प्रयोगमा नवीनतानै छ । लय चेतनाको हिसाबले अझै परिष्कारको आवश्यकता छ । अन्त्यमा गजलको आकाशमा कला नघट्ने जुन बनून् सलामी, सलामीलाई मेरो सलाम ।

(प्रस्तुत समिक्षा उज्यालो लाल्टिनले आयोजना गरेको समिक्षा कार्यक्रमका गरिएको समिक्षा हो )

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण