गृहपृष्ठ » समचारमदिरा उत्पादनमा रोकथाम अभियानमा रुकुमका महिलाहरु

मदिरा उत्पादनमा रोकथाम अभियानमा रुकुमका महिलाहरु

April 24, 2016६६ पटक

रुकुम, १२ वैशाख
रुकुम गरायला गाविसका महिलाहरु मदिरा नष्ट गर्ने अभियानमा लागेका छन् । गाविसको वडा नम्बर १ सिरचौरका महिलाहरु घरघरमा पुगी छापा मारेर मदिरा नष्ट गरिरहेकाछन् । मदिरा सेवन गरेर गाउँमा होहल्ला, झैझगडा र महिला हिंसा भएको, धनसम्पती सकेर घर चलाउन समस्या भएको भन्दै त्यहाका महिलाहरु एकताबद्ध भएर घरघरमा छापा मारि घरेलु मदिरा नष्ट गर्ने अभियानमा जुटेका हुन ।

स्थानिय भुमि पुनका अनुसार गाउँघरमा जाँड रक्सीको सेवनले होहल्ला संगसंगै बालबालिकाहरुको मनोबिज्ञानमा पनि समस्या भएको छ । द्धन्दकालमा माओबादीले जाँडरक्सी फाल्ने अभियान गरेर राम्रो काम गरेको स्मरण गर्दै उहाले सभ्य समाज निर्माणका लागि यो अभियान निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।

मदिरा सेवनले महिला हिंसा, होहल्ला र झैझगडा मात्र नभई बर्षेनि धेरै पुरुषहरुको अकालमै ज्यान समेत गईरहेको छ । जसका कारण घरकै मुलीको मृत्यु हुँदा महिला तथा बालबालिहरुका निकै प्रभाबित बनेका छन भने घरमा सिकाउने अभिभावक नहुँदा बालबालिकाहरु पनि कुलतमा फस्दै गएको अभियानमा संलग्न अर्की महिला सरला बिकले बताउनुभयो ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण