गृहपृष्ठ » समचारडोटीमा निर्वाचन आयोगको तीन दिने कार्यशाला गोष्ठी शुरु

डोटीमा निर्वाचन आयोगको तीन दिने कार्यशाला गोष्ठी शुरु

April 25, 2016५० पटक

डोटी, १३ बैशाख । डोटीमा निर्वाचनमा लैङ्गिकता तथा समावेशीकरण सम्बन्धी तीन दिने कार्यशाला   गोष्ठी  शुरु भयको छ।कार्यशाला बुधबारसम्म चल्नेछ ।नेपालको संविधान २०७२ मा लैङ्गिक समावेशीता सम्वन्धी भएका व्यस्थाहरुलाई समेत तल्लो तहसम्म सन्देश फैलाउने कार्यशालाको उद्धेश्य रहेको जनाईएको छ ।

12745990_1676747402614291_8329529623862488012_nउक्त कार्यशालाको निर्वाचन आयोगका प्रसाशन शाखा प्रमूख एकनारायण शर्माले सोमबार उद्घाटन गरेका छन् ।

लैङ्गिक तथा समावेशीकरण सम्वन्धी सरोकार राख्ने विभिन्न संघसँस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको कार्यशालामा नयाँ अवधारणा ‘ब्रिज’ पाठ्यक्रममा केन्द्रित रहेर छलफल चलाईने निर्वाचन आयोगले जानकारी दिएको छ ।

‘लोकतन्त्र’, ‘शासकीय स्वरुप’ र ‘निर्वाचन’का लागि श्रोतहरु निर्माण (ब्रिज) पाठ्यक्रमका बारेमा कार्यशाला केन्द्रित रहने निर्वाचन आयोगका निर्वाचन शिक्षा तथा सूचना शाखा प्रमूख सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

अष्ट्रेलियन निर्वाचन आयोगले निर्वाचनका लागि अवलम्वन गरेको ‘ब्रिज’ पाठ्यक्रमलाई तल्लो तहसम्म पु¥याउन कार्यशालाको आयोजना गरिएको सहयोगि निकाय युएनडिपी÷ईएसपीका तालिम तथा क्षमता विकास विज्ञ मुकुन्दराज पाण्ड्यले बताए ।

निर्वाचन आयोगले देशभरका जिल्लाहरुमा करिब दुई वर्षदेखि ‘ब्रिज’ पाठ्यक्रममा अधारित रहेर कार्याशाला सञ्चालन गर्दै आएको र हालसम्म करिब ५० प्रतिशत जिल्लाहरुमा काम सकिएकाले आगामी दुई वर्षभित्र सम्पूर्ण जिल्लाहरुमा कार्यशाला सम्पन्न गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण