गृहपृष्ठ » मुख्य समाचार, राजनीतिशीर्ष नेताहरूले संयुक्त बक्तव्य जारी गर्ने

शीर्ष नेताहरूले संयुक्त बक्तव्य जारी गर्ने

August 11, 2015२४० पटक

मंगलबार, साउन २६

सीमांकनको विषयलाई लिएर धेरै मानिसहरु आन्दोलित हुनथालेपछि शीर्ष नेताहरुले संयमित रहन सार्वजनिक अपील गर्ने तयारी गरेका छन्।  अपिल तयार गर्न अहिले शीर्ष नेताहरु सम्मिलित बिशेष समितिको बैठक बसिरहेको छ। बिशेष समितिमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, संवाद समितिका सभापति बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार सदस्य छन्।

अन्य नेताहरुलाई आमन्त्रित सदस्यका रूपमा बोलाउन सकिने व्यवस्था छ।

नेतहरूले ६ प्रदेशको सीमांकनको निर्णय सावजनिक गरेपछि सो निर्णयको बिरोध गर्दै देशका विभिन्न भागमा आन्दोलन भएका छन्। हिजो सुर्खेतमा भएको हिंसात्मक आन्दोलनमा तीन जनाको ज्यान गएको छ भने अरु थुप्रै घाइते भएका छन्।

केहि शीर्ष नेताहरुले सीमांकन अन्तरिम मात्र भएको र यो परिवर्तन हुन सक्ने सार्वजनिक रूपमै बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण