गृहपृष्ठ » अार्थिक, मुख्य समाचारडोटीमा महिलाको नाममा जग्गा दर्ता गर्ने बढे

डोटीमा महिलाको नाममा जग्गा दर्ता गर्ने बढे

April 25, 2016११६ पटक

जग्गा दर्तामा महिला अग्रसर
भूमिराज जोशी बैशाख १३, डोटी
पछिल्लो समयमा नाम सारी गरी जग्गा दर्ता गर्ने महिलाको संंख्या दिन प्रतिदिन बढ्दै गएको छ । पितृसतात्मक राष्ट्रहरु मध्ये नेपालमा पनि एक भएकोले यो करिब करिब नौलो कुरो जस्तै भएको छ । पितृसतात्मकमा जुनसुकै काम गर्नुपर्ने भएपनि नेतृत्व पुरुषले नै लिनुुपर्ने चलन चल्दै आएको थियो । पछिल्लो समयमा भने महिलाहरुले पनि नेतृत्व लिन थालेकी छन् । देशको सर्बोच्च स्थान तथा राष्ट्राध्यक्ष, सभामुख, प्रधान न्यायाधीस जस्ता मुख्य मुख्य स्थानमा महिला नै पुगेकी छन ।
डोटी जिल्लाको सन्दर्भमा पनि जग्गा नामसारी तथा आफ्नो नाममा दर्ता गर्ने महिलाहरु बढ्दै गएको जिल्ला मालपोत कार्यालयको तथ्याङ्कले देखाएको छ । आ.व.०७०÷०७१ देखि आ.व ०७२÷०७३ मा मात्रै ६ सय ३४ जना महिलाको नाममा जग्गा दर्ता भएको छ ।
आ.व. ०७०÷०७१ मा दलित, महिला, आदिबासी जनजाति लगायत ६ सय ७२ जनाले जग्गा दर्ता गराएका थिए । जसमा महिलाको नाममा मात्र एक सय ७३ जना महिलाको नाममा दर्ता भएको छ । यसै गरी आ.व.०७१÷०७२ जग्गा दर्ता गर्नेको संख्या जम्मा नौ सय ९० थियो भने महिलाको नाममा मात्र दुई सय ७४ जना रहेको तथ्याङ्कले देखाएको छ ।
आ.व ०७२÷०७३ मा जग्गा नामसारी गर्ने महिलाको संख्या झण्डै २५ प्रतिशत भन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ । गत साउन देखि बैशाखसम्म मात्र ६ सय ७१ जनाको नाममा दर्ता भएका छन् । भने महिलाको नाममा मात्र एक सय ८७ जना रहेका छन ।
यसै चैत्र २९ गते मात्रै दिपायल सिलगढी नगरपालिकाकी तुलसी देबी अग्रवालले आफ्नो नाममा जग्गा दर्ता गराएकी थिइन । यस्तै चैत्र ३० गते रत्ना देबी खड्काले पनि दर्ता गराएकी छन ।
सबै जिल्लामा जग्गा दर्ता गराउने महिलाहरुको संख्या बढदै गएको देखिन्छ । गत आइतबार तोलेनी – ६ डोटीकी खिना भूलले पनि आफ्नो नाममा जग्गा नामसारी गराएकी थिइन । पछिल्लो समयमा नेपालका महिलाहरुले जस्तो सुकै जटिल कामलाई पनि सम्भब बनाएको उदाहरणहरु ब्याप्त रहेका छन ।
नेपालको कानुनले ३३ प्रतिशत महिलालाई दिएको अधिकार उपयोग गर्न सके अझै सफलतामा पुग्न सक्छन । जिल्ला मालपोत कार्यालय डोटीले दिएको जानकारी अनुसार आज भन्दा दुईचार बर्ष अगाडी र दुईचार बर्ष पछाडीका महिलाहरुको तुलना गर्दा धरै फरक पाइन्छ । अहिले महिला जटिल र साहसिक हुनुका साथै आत्मनिर्भर भएर जुनसुकै कामगर्न पनि डराउदैनन । यो सबै शिक्षा र चेतनाले नै भएको मालपोत कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण