गृहपृष्ठ » अार्थिक, पत्रपत्रीकाफेरि झिलिमिली बारपाक

फेरि झिलिमिली बारपाक

April 26, 2016११० पटक
काठमार्डौ, १४ बैशाख

एक वर्षसम्म अन्धकार बारपाक आइतबार साँझबाट झिलिमिली भएको छ ।गत वर्षको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा रहेको बारपाक ग्रामीण विद्युतीकरण प्रालिको पुनर्निर्माणसँगै बिजुली बलेको हो ।भूकम्पअघि पनि चौबीसै घण्टा बिजुली बल्ने नमुना पर्यटकीय गाउँ बारपाक एक वर्ष अन्धकार रह्यो । भूकम्पले भत्काएको लघु जलविद्युत पुनर्निर्माण भएसँगै बिजुली बलेपछि स्थानीय खुसी छन् ।

बारपाककी १०२ वर्षीया कल्ली घलेले बिजुजी बलेसँगै बारपाले पुनर्जिवन पाएको बताइन् । घलेले भनिन्,‘अब त बिजुली बल्यो खुसी लागेको छ, बिजुली नहुँदा रातमा दिसा पिसाब गर्न जान पनि म बुढीलाई निकै गाह्रो भएको थियो ।’एक वर्ष लामो प्रयासबाट भूकम्प गएकै दिन बिजुली बाल्न सफल भएको बारपाक ग्रामीण विद्युतीकरण प्रालिका वीरबहादुर घलेले बताए ।

सो विद्युत पुनर्निर्माणको लागि एक करोड ६ लाख रुपैयाँ लागेको बारपाक ग्रामीण विद्युतीयकरण प्रालिले जनाएको छ । आजको गोरखापत्र दैनिकबाट ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण