बैशाख १४, काठमाडौं । आईसीसीले आन्तरिक विवादका कारण नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरिदिएको छ । यूएईमा भएको आईसीसीको बोर्ड र ककिटी बैठकले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो ।

12743513_1237384522943921_5614936051749189297_n

लामो समयसम्म आइसिसिले क्यानलाई आफ्नो समस्या समाधान गर्दा पने कुनै ठोस काम हुन नसकेको भन्दै आइसिसिले नेपालको क्रिकेट संघलाई नै निलम्बन गर्ने निर्णय लिएको हो । क्यानको विवाद समाधान नभएपछि आईसीसीले आफ्नै पहलमा हालै मात्र विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गराएमो थियो । केहि दिन अघि  विश्व क्रिकेट लिगको खेलमा नेपाल आएका आईसीसीका ग्लोबल डेभिलोपमेन्ट म्यानेजर जेम्स एण्डरसनले दुबै पक्षसँग छलफल गरेर मिलेर अघि बढ्न सुझाव दिएका थिए । तर तत्काल कुनै कदम नचालिदा नेपालको क्रिकेट संघनै निलम्बनमा परेको हो ।

आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेपछि आइसिसिबाट पाउँदै आएको सबै सहयोग रोक्का हुनेछ । बिबाद्कै कारण आईसीसीले नेपाललाई दिनुपर्ने ९ लाख अमेरिकी डलर पाएको छैन । नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएकोले आइसिसिले क्यानलाई निलम्बन गरेको हो । आइसीसीकै अवधारणामा क्रिकेट संघ चल्नुपर्ने आइसिसिको नियम रहेको छ । अब क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नभएसम्म निलम्बनमा पर्ने भएको छ  ।

तर नेपाली क्रिकेट संघ निलम्बित भएपनि नेपाली टोलीले अन्तर्राष्ट्रिय म्याच भने खेल्न पाउनेछन् । आईसीसी बोर्ड मिटिङमा संघलाई निलम्बन गरेपनि नेपाली टोलीले आईसीसीको अन्तर्राष्ट्रिय म्याचहरु भने खेल्न पाउने निर्णय लिएको छ ।