गृहपृष्ठ » मुख्य समाचार, राजनीतिअखण्ड नवलपरासीको माग गर्दै दोस्रो दिन पनि दाउन्ने पश्चिम बन्द

अखण्ड नवलपरासीको माग गर्दै दोस्रो दिन पनि दाउन्ने पश्चिम बन्द

August 11, 2015२३७ पटक

नवलपरासी, साउन २६ – अखण्ड नवलपरासीको माग गर्दै नवलपरासीको पश्चिम क्षेत्रमा आज दोस्रो दिन पनि बन्द आह्वान गरिएको छ । विभिन्न सामाजिक सघं–सस्थाको ऐक्यबद्धतामा आज पनि परासी, बर्दघाट, सुनवललगायत तल्लो भेगका बजारहरु बन्द गरिएको आन्दोलनको अगुवाई गरिरहेको नागरिक समाज जिल्ला समन्वय समितिका अध्यक्ष रामजी ज्ञवालीले जानकारी दिए ।

महत्वपुर्ण आर्थिक क्षेत्र र पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण जिल्लालाई खण्डिकरण गर्न खोजिएको भन्दै जलविद्युत, गण्डकलगायतका थुप्रै आयोजनाबाट विमुख गराउन खोजिएकाले आन्दोलन गर्न बाध्य भएको ज्ञवालीले बताए ।

आन्दोलनमा निजी क्षेत्रको उद्योग वाणिज्य सघं, रामग्राम जेसिजलगायत थुप्रै सामाजिक सघं–सस्थाले सर्मथन जनाएका छन । समितिको अगुवाईको विभिन्न स्थानमा सांकेतिक रुपमा जुलुस निकालिएको थियो । बन्दको आह्वान भएपछि बजार आशिंक रुपमा बन्द भएपनि पूर्व–पश्चिम राजमार्गमा भने सवारी साधन चलेका छन भने शिक्षंण सस्था पनि खुलेका छन ।

शान्तिपूर्ण आन्दोलन भएकाले आफ्ना माग पुरा नहुँदासम्म आन्दोलन जारी रहने नागरिकहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण