गृहपृष्ठ » समचारनेपाल राष्ट्रका प्रथम जगत गुरु प्यूठानमा

नेपाल राष्ट्रका प्रथम जगत गुरु प्यूठानमा

April 26, 2016६८ पटक

उज्यालो संवाददाता

प्यूठान, बैसाख १४ । महाकाली नदिको किनारमा बम्केनी धाममा ७५ फूट अग्लो नेपाल आमाको अष्ट धातुको मूर्ती स्थापना गर्ने लक्ष्यका साथ पैदल यात्रा शुरु गर्नुभएका नेपाल राष्ट्रका प्रथम जगतगुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराज प्यूठानमा आइपुग्नुभएको छ । हरेक नेपालीबाट १–१ रुपैया संकलन गरी उक्त नेपाल आमाको मृर्ति स्थापाना गर्न ७५ औ जिल्लाव्यापी पैदल भ्रमणको क्रममा उहाँ रोल्पाबाट भिंग्री, बर्जिवाङ, आर्नेटा, चितिखोलाको बाटो हुँदै प्यूठान विजुवार आइपुग्नुभएको हो ।

सुदुर पश्चिमबाट शुरु भएको उहाँको अभियान पूर्वतर्फ अगाडि बढिरहेको छ । एक वर्ष अगाडि बैशाख ५ गते महाकालीको ब्रम्हदेवबाट शुरु भएको पैदल यात्रा गत साउन २० गते सुर्खेत आएर विश्राम गरेको प्रथम जगतगुरु देवाचार्यले जानकारी दिनुभयो । संविधान निर्माणको क्रममा हिन्दु धर्म तथा नेपाल आमाको रक्षाको लागि नेपालीहरुलाई सुसूचित गर्न अभियानबाट विश्राम लिएको उहाँले बताउनुभयो । गत बैशाख १ गतेबाट पुनः मन्त्रि परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सुर्खेतबाट शुरु भएकोे उक्त पैदल यात्राको अभियान गत सोमवार सम्म १३ दिन पुगिसकेको छ । जगत्गुरु देवाचार्यले आज मंगलवार विजुवार र खलंगामा प्रवचन दिनुहुने कार्यक्रम रहेको छ । जगतगुरु देवाचार्यको अभियानलाई सहयोग गर्न कञ्चनपुर जिल्ला विकास समितिका पूर्व सभापति विरबहादुर ऐअर सहित १० जनाको समूह संलग्न छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण