गृहपृष्ठ » समचार, स्वास्थ्यजन्मदिनमा युवा पत्रकारको सिर्जनशील कार्य

जन्मदिनमा युवा पत्रकारको सिर्जनशील कार्य

April 26, 2016१४५ पटक

उज्यालो संवाददाता
प्यूठान, बैसाख १४ । जन्मदिनको अवसरमा तडकभडक फजल खर्च गरी मनाइरहेको समयमा दाङका एक युवा पत्रकारले सिर्जनशील कार्य गरी आफ्नो जन्मदिन मनाएका छन् । सौडियार–७ सौडियार निवासि पत्रकार निशानदाजुु भट्टराइले राप्ति उपक्षेत्रीय अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना भएका एक कुपोषित वालकलाई कपडा र फलफुल सहयोग गरेर आफ्नो जन्म दिन मनाउनु भएको हो । गणतन्त्र पत्रिकाकाका समाचारदाता तथा गणतन्त्र अनलाईनका सह सम्पादक समेत रहनु भएका भट्टराइले कुपोषणवाट पिडित लक्ष्मिनपुर गाविस वडा नम्बर १ निवासि चुमादेवि विश्वकर्माकी एक वर्षीय वालक दुर्गा विश्वकर्मालाई कपडा र फलफुल सहयोग गर्नु भएको थियो । युवा ब्यवसायि यादव शैघालि र पत्रकार सागर थापाको सहभागितामा पोषण गृहकी प्रमुख लक्ष्मि गैरेमार्फत पोषण गृहमा भर्ना गरेर उपचार गराइरहनु भएकी विश्वकर्माकी छोरालाई भट्टराइले कपडा र फलफुल हस्तान्तरण गर्नु भएको हो । कुपोषित वालवालिकालाई आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गरेकोमा पोषण गृहकी प्रमुख लक्ष्मि गैरे र कुपोषित वालककी आमा चुमादेवि विश्वकर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
pic 1

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण