गृहपृष्ठ » अन्तर्राष्ट्रियबंगलादेशमा एक पत्रकारको हत्या ।

बंगलादेशमा एक पत्रकारको हत्या ।

April 27, 2016२४६ पटक

 वैशाख १४ । बंगलादेशमा एक पत्रकारको हत्या भएको छ । समलिंगी सम्बन्धी बंगलादेशको पहिलो पत्रिका रुपबानका वरिष्ठ सम्पादक जुलहास मन्नानको धारिलो हतियारले हानेर हत्या भएको प्रहरीले जनाएको छ । आक्रमणकारीले ढाकामा रहेको पत्रकार मन्नानको अपार्टमेन्टमा गएर आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परि अर्का एक व्यक्ति घाइते भएका छन् । पत्रकार मन्नानले अमेरिकी विसका नियोग युएसआडीका लागि काम गर्दै आएका थिए । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । बंगलादेशमा लेख, पत्रकार तथा प्राध्यापकको हत्याका घटना बढ्दै गएको छ । गएको हप्ता यसैगरी राजशाही विश्वविद्यालयका एक प्राध्यापकको हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण