गृहपृष्ठ » विशेषकोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो ।

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो ।

April 27, 2016९३ पटक

काठमाडौं, वैशाdownloadख १५ – आउँदो असार ४ र ५ गते हुने सातौं कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ ।

बिहान ९ बजे देखि बेलुका ६ बजेसम्म आवेदन दिन सकिने इपिएस कोरिया शाखाले जनाएको छ । आवेदकले बैशाख १५ गते  बुधबार देखि वैशाख १८ गतेसम्म चार दिन आवेदन दिन सक्नेछन् ।

काठमाडौं उपत्यकामा च्यासल फुटबल खेल मैदान, काठमाण्डौं भ्याली उच्च मावि महाराजगञ्ज, ल्याबरोटरी उच्च मावि कीर्तिपुर, महेन्द्र आदर्श बिद्याश्रम सातदोबाटो र नेपाल वेद विद्याश्रम संस्कृत मावि गौशालामा आवेदन फारम भर्न सकिनेछ ।

त्यस्तै, काठमाडौं बाहिर धरान, बुटवल, पोखरा, डडेल्धुरा र जनकपुरमा पनि परीक्षा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण