गृहपृष्ठ » शिक्षा, समचारप्रसुती केन्द्रको उद्घाटन

प्रसुती केन्द्रको उद्घाटन

April 27, 2016१९४ पटक

अनिष पाठक

बाग्लुङ्ग, बैशाख १५ जिल्ला जनस्वास्थ्य कार्यलय बागलुङका वरिष्ठ निर्देशक महेश्वर प्रसाद श्रेष्ठद्धारा खर्वाङ्गमा दगातुम्डांडा स्वास्थ्य चौकि सामुदायिक प्रशुति केन्द्रको उद्घाटन गरिएको छ । प्रशुति केन्द्रमा आज देखि सुरक्षित मातृत्व, खोप, परिवार नियोजन पोषण सेवा तथा प्राथमिक उपचार सेवा संचालन गरिने   दगातुम्डांडा स्वास्थ्यचौकिका अ.हे.व यान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङ्गका वरिष्ठ निर्देशक महेश्वर श्रेष्ठले दगातुम्डांडा गांउ विकास समितिमा राजनैतिक दल तथा स्थानिय समाजिक काममा निकै अग्रसर   रहेकोमा खुसी व्यक्त गर्दै यस प्रशुती केन्द्र ९बर्थिङ सेन्टर० बाट गांउ विकास समिति दगातुम्डांडालाई स्वास्थ्य क्षेत्रमा उदाहरणीय बनाउनु पर्नेमा जोड दिनु भयो । केन्द्रमा १ जना अ.न.मि . र १ जना कार्यलय सहयोगी गरि २ जना कर्मचारी नियुतmी गरिएको र सेवाग्रहिको चाप बढि भएको खण्डमा कर्मचारी थप गर्न सकिने पनि जानकारी दिनुभयो ।

स्वास्थ्यचौकिका सल्लाहाकार समिति सदस्य ढालेन्द्र शेरचनको स्वागत मान्तव्य रहेको कार्यक्रममा महिला स्वंयसेविका मनकुमारी घिमिरेले स्वास्थ्य सम्बन्धि स्वागत गित समेत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सल्लाहाकार समिति सदस्य मित्र बहादुर पनुले करिव १ लाख ८० हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमा नेपाली काङग्रेसका सुवेदार रत्न बहादुर क्षेत्री, ने.क.पा. एमालेका रेम बहादुर भुजेल, ए.माओवादिका नारायण धिताल , राष्ट्रिय जनमोर्चाका भिमलाल पोख्रेल लगाएतले दगातुम्डांडा गांउ विकास समितिलाई स्वास्थ्य क्षेत्रमा उदाहरणिय बनाउनका निम्ति आफनो स्थानबाट सक्दो पहल गर्न पछि नहट्ने समेत बताएका थिए । कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम स्वास्थ्यचौकी ब्यवस्थापन समितीका अध्यक्ष तथा गा.बि.स. का सचिव गीता पौडेलको अध्यक्षता तथा स्वास्थ्यचौकी दगातुम्डाँडाका अहेव यान बहादुर क्षेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण