धारपानीको बिकासका लागी सहयोग गर्छु : राष्ट्रपति
उज्यालो संवाददाता
दाङ,१५ बैशाख । दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दीर धारपानीको बिकासका लागी अध्यक्ष सहितको प्रतिनिधि मण्डल राजधानी काडमाण्डौं पुगेको छ । बिश्वकै सवै भन्दा अग्लो त्रिशुल तथा पाण्डवेश्वर मन्दीर चिनाउन र भौतिक बिकासमा सहयोग जुटाउने उदेश्यले टोली काठमाण्डौं गएको हो । मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको नेतृत्वमा गएको टोलीले राष्ट्रपति बिद्यादेवी भण्डारी,बिभिन्न मन्त्रालयका सचिव तथा सहसचिव,पुरातत्व बिभाग,प्रहरी महानिरिक्षक बिभिन्न राजनितिक दलका नेता तथा सभाषदसंग भेट गरेको छ । भेटमा राष्ट्रपति बिद्यादेवी भण्डारीले धारपानी मन्दीरमा स्थापना गरिएको त्रिशुलले देश बिदेशमा दाङको पहिँचान चिनाउने काम गरेको भन्दै मन्दीरको बिकासका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको टोलीमा सहभागी त्रिशुल निर्माण समितिका संयोजक बिष्णुराम आचार्यले जानकारी दिनुभयो । यस्तै प्रहरी महानिरिक्षक संगको भेटमा उहाँले धारपानीमा प्रहरी चौकी तत्काल स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्दीरको सुरक्षाका लागी प्रहरी चौकी स्थापना गर्न मातहतको निकायलाई निर्देशन दिइसकेको भेट उहाँले जानकारी दिनुभयो । यसैविच टोलीले भोली प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरी पाण्डवेश्वर मन्दीर धारपानीको बिकासका बिषयमा छलफल गर्ने मन्दीर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुराम आचार्यले जानकारी दिनुभयो ।