गृहपृष्ठ » मुख्य समाचार, राजनीतिआन्दोलन रोकेर संविधान निर्माणको काममा सहयोग गर्न चार दलको अपिल

आन्दोलन रोकेर संविधान निर्माणको काममा सहयोग गर्न चार दलको अपिल

August 11, 2015१९६ पटक

काठमाडौं, साउन २६ – प्रमुख चार दलका  शीर्ष नेताहरुले आन्दोलन रोकेर संविधान निर्माणको काममा सहयोग गर्न आम नागरिकसँग अपिल गरेका छन् । सीमांकनको बिरोधमा बिभिन्न जिल्ला र क्षेत्रमा प्रदर्शन चर्किएपछि उनीहरुले संयुक्त रुपमा यस्तो अपिल गरेका हुन् ।

मंगलबार बिहान बसेको शीर्ष बैठकले सीमांकनबारे उठेको विवादलाई नागरिकको भावना र राष्ट्र हित तथा आवश्यकता अनुसार उचित समाधान पहिल्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नागरिकको नाममा अपिल निकालेर संयम अपनाउन सबैसँग आग्रह गरेका छन् ।

नेताहरुको अपिल

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण