गृहपृष्ठ » समचारराजमार्गमा फोहोरको डङ्गुर

राजमार्गमा फोहोरको डङ्गुर

April 27, 2016५४ पटक

घोविन्द घर्ती

देवदह ,बैषाख १५ । रुपन्देहीको देवदह नगरपालिका अन्र्तगत पर्ने राजमार्ग क्षेत्रमा फालिएको फोहोरलाई व्यवस्थापन गर्न नसक्दा दुर्गन्धीत फैलिदै गएको छ । राजमार्ग छेउछाउमा फालिएको फोहोर मैलालाई व्यवस्थापन गर्न नसक्दा उक्त क्षेत्रमा दुर्गन्धीत फैलिदै गएको हो । बजार क्षेत्रबाट निस्कने फोहोर मैला राजमार्ग छेउछाउमा फाल्ने गर्नाले दुर्गन्धीत फैलिएको हो । राज्य, नगरपालिका, टोलसुधार समिति तथा विभिन्न संघसंस्थाले सरसफाई कार्यक्रमलाई तिव्रता दिएपनि बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न नसक्दा दुर्गन्धीत बन्दै गएको हो ।fohor copy

खैरेनीको कजरार पुल, घोडाहाको पुल, शितलनगर तथा भलुही र घोडाहा जंगलमा रहेको पुलको छेउछाउमा बजार क्षेत्रबाट निस्कने फोहोर फाल्ने गर्नाले दुर्गन्धीत फैलिदै गएको स्थानीयवासीको भनाई रहेको छ । खैरेनी बजार, शितलनगर बजार र भलुही बजार क्षेत्रबाट निस्कने फोहोर राजमार्गको क्षेत्रमा फाल्ने गरेको स्थानीयवासीको भनाई रहेको छ । खैरेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न सम्पूर्ण बजारवासी नै लाग्नु पर्ने देवदह बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ठड्राईले बताउनु भयो । देवदह नगरपालिकाको ट्रयाक्टर प्रयोग गरी बजार क्षेत्रबाट फोहोर उठाउने कार्य गरेपनि लापर्वाहीका कारण दुर्गन्धीत बन्दै गएको ठड्राईको भनाई रहेको छ । स्थानीयवासी, व्यापारीहरुको कमी कमजोरी रहेको र फोहोर फाल्नेलाई कार्वाही गर्नुपर्नेमा जोड दिनु भयो ।

त्यसैगरी देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले सार्वजनिक स्थलहरुमा फोहोर फाल्नेलाई कार्वाही गरिने बताउनु भयो । उहाका अनुसार फोहोर फाल्नेलाई ५ सय देखि २० हजार सम्म जरिमाना गर्न सकिने बताउनु भयो । नगरपालिकाले स्थानीय रुपमा गठन भएका टोल सुधार समिति, वडा नागरिक मञ्चलाई फोहोर फाल्नेलाई कार्वाही गर्न निर्देशन दिईसकेको अधिकृत घिमिरेले बताउनु भयो । फोहोर व्यवस्थापन गर्न सम्पूर्णवासी सक्रिय भएर लाग्नु पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण