चितवनको कविलासमा बिहे भोज खाँदा ३२ जना बिरामी, भरतपुर अस्पतालमा उपचार
चितवन, वैशाख १५–
चितवनको कविलासमा बिहेको भोज खाएर बिरामी भएका ३२ जनाको भरतपुर अस्पतालका उपचार भैरहेको छ ।
कविलास गाविस बडा नः ९ कुशुमटारमा गएको सोमवार दिउँसो पुष्पा तामाङ र सुरज तामाङको विहेको भोज खाएपछि गाँउलेहरु विरामी परेका थिए । उनीहरुमा झाडापखला लाग्ने, ज्वरो आउने, वान्ता हुने भएको थियो । बिरामी गाँउलेहरुलाई हिजो साँझ ५ बजे भरतपुर अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । बिरामी भएका मध्ये २९ जना महिला र ३ जना पुरुष रहेका छन् ।
जसमा १२ जना वालवालिका रहेका छन् । “भोज खाएर गए देखि नै वान्ता हुन र झाडापखला लाग्न शुरु भयो”— बिरामी मध्येकी एक शारदा तामाङले भनिन् शुरुमा त अरु केही कारणले मलाई मात्रै भएको होला भनेको थिए पछि अरु गाउलेहरुले समेत यस्तै समस्या भएको थाहा पाएपछि भोजकै कैफियत हो भन्ने लाग्यो । विरामीहरुलाई स्थानिय प्राथमिक बिधालयका शिक्षकहरु दिपक सापकोटा, कविलास स्वास्थ्य चौकीका इन्र्चाज भविश्वर अधिकारी, कविलास गाविसका सचिव प्रधुन्न कुमार खड्का, कार्यालय सहायक अजय पौडेल सहितको टोलीले एम्बुलेन्समा हालेर भरतपुर अस्पताल ल्याएका थिए ।
भरतपुर अस्पतालमा औषधी, परिक्षण देखि सवै उपचार निशुल्क गरिएको अस्पतालको सामाजिक शाखा प्रमुख नारायण सापकोटाले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षका इन्र्चाज बिष्णु सापकोटाले उनीहरुमा फुड पोइजन भएको प्रारम्भिक परिक्षणबाट देखिएको वताए । “थप रिर्पोटहरु आउन बाँकी छ, तर प्रारम्भिक परिक्षणमा फुड पोइजन देखिन्छ” सापकोटाले भने, “अहिले क्रमश बिरामीहरुमा वान्ता,झाडापखला र ज्वरो कम हुदै गएको छ । ”