गृहपृष्ठ » समचारसल्यानको छायाक्षेत्रमा एकै घरका चारजनाको हत्या

सल्यानको छायाक्षेत्रमा एकै घरका चारजनाको हत्या

April 27, 2016४८ पटक
सल्यान वैशाख १५ / सल्यानमा आज दुई वालवालिका सहित एकै घरका चारजनाको हत्या भएको छ ।
आज विहान ८ बजेको समयमा छायाक्षेत्र ९ रानागाउँकी २२ वर्षिया सिता खान, साढे २ वर्षकी पवित्रा, डेढ वर्षकी सविता र मार्के घर भएकी सिताकी बहिनी १८ वर्षिया पवित्रा गिरीको शब हत्या भएको अवस्थामा फेला परेको हो ।
उनिहरु सवैको घरमै हत्या भएको सल्यानका प्रहरी प्रमुख डियसपी श्यामबहादुर खत्रीले जानकारी दिनु भएको छ । हत्याको कारण खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । उनिहरुको वलात्कारपछि रातिमा हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा क्षेत्रिय अनुसन्धान व्युरो नेपालगंजको टोलीले अनुसन्धान सुरु गरेको छ । मृतक सिताका श्रीमान रमेश खान भने मजदुरीका लागी अहिले भारतमा छन् । घटनास्थलबाट प्रहरीले एकथान मोवाइल फेला पारेको छ । नेपालगंजबाट आएको अनुसन्धान टोलीले अन्य प्रकृया अघि बढाउने प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण