गृहपृष्ठ » समाचारहरुतालिमका पत्रकार फिल्ड रिपोर्टिङमा

तालिमका पत्रकार फिल्ड रिपोर्टिङमा

April 27, 2016८९ पटक

बेगम महरा दाङ, १५ बैशाख ।
थारु भाषा तथा साहित्य संरक्षण मञ्च, देउखुरी दाङको आयोजना र लमही नगर पालिकाको सहयोगमा गत बैशाख १३ गतेदेखि शुरु भएको एड्भान्स पत्रकारिता तालिमका पत्रकारहरु बुधबार फिल्डमा खटेर रिपोर्टिङ गरे । तालिमका सबै सहभागी पत्रकारहरु देउखुरी राप्तीपारीको बेला–२ कठबेरुवा, गुरुङखोला र गोबरडिहा स्थित बाघनाथ बाबा जंगलकुटीमा पुगी स्थलगत अध्ययन गरेर फर्केको आयोजक संस्थाका अध्यक्ष छविलाल कोपिलाले जानकारी दिनु भयो । टोलीले बेला गा.वि.स.को शिवशक्ति गुरुङखोला माइक्रो हाइड्रोपावर, हरियाली कठबेरुवा चुरे संरक्षण ताल र जंगलकुटीको सामाजिक तथा ऐतिहासिक महत्वका बारेमा भोलीको तालिममा समाचार बनाउने भएका छन् । हरियाली कठबेरुवा चुरे संरक्षण समुहको पहल र जिल्ला भू–संरक्षण तथा रुपान्तरण नेपाल लगायतका निकायहरुको करिब १ करोड ५७ लाखको सहयोगमा कठबेरुवामा निर्मित चुरे संरक्षण ड्याम र तालको टोलीले अध्ययन गरेको छ । स्थानीय समुदायद्वारा सरकारका विभिन्न निकायहरुमा हाइड्रोपावर संचालन गरी विद्युत उत्पादनका लागि जोडदार पहल भएपनि हालसम्म सरकारले अनुमति नदिएको स्थानीयहरुले गुनासो गरेका छन् । त्यसै गरी ऐतिहासिक, धार्मिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको बाघनाथ बाबा जंगलकुटीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न समाचार मार्फत ध्यान केन्द्रित गराउने पत्रकारहरुको टोलीले जनाएको छ । गत बैशाख १३ गतेदेखि शुरु भएको तलिमको प्रशिक्षकहरुमा पत्रकारहरु दुर्गालाल के.सी., शरद अधिकारी, नीमबहादुर थापा, केपी घिमिरे, दिवाकर पोख्रेल र लिला शाह रहनु भएको छ । देउखुरी क्षेत्रका स्थानीय रेडियो तथा पत्रपत्रिकामा कार्यरत २० जना पत्रकारहरु सहभागी रहेको तालिमको समापन आगामी बैशाख १७ गते गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण