गृहपृष्ठ » समाचारहरुदुर्लभ स्कन्द पुराण नेसंविलाई

दुर्लभ स्कन्द पुराण नेसंविलाई

April 27, 2016८६ पटक

sk2skndदाङ, १५ बैशाख । मानपुर गाविस बघौसी निवासी एक बृद्ध दम्पतीले दुर्लभ स्कन्द पुराण नेपाल संस्कृत विश्व विद्यालयलाई हस्तातरण गर्नुभएको छ । ९० बर्षिया बृद्ध दम्पती केदारनाथ गौतम र रुक्मीणा गौतमले पत्र सहित ८३ हजार श्लोक भएको स्कन्द पुराण हस्तान्तरण गर्नुभएको हो ।

नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइराला गौतमकै घरमा पुगेर पुस्तक ग्रहण गर्नुभएको थियो । केदारनाथ गौतमका पनि बावुले संग्रह गर्नुभएको उक्त पुस्तक अत्यन्त दुर्लभ रहेको बताइन्छ । पुस्तक ग्रहण गर्दै उपकुलपति कोइरालाले  विश्वमा ८३ हजार श्लोक भएको स्कन्द पुराण १४ वटा मात्रै भएको आफूले थाहा पाएको र त्यस मध्य एक आफूहरुले प्राप्त गरेको पुस्तक पनि हुन सक्ने बताउनुभयो ।

कोइरालाले स्कन्द पुराणको प्राप्तीले आफूहरुलाई दुर्लभ ग्रन्थ मिलेको बताउनुभयो । नेपाल संस्कृत विश्व विद्यालयसंग नभएको धार्मिक ग्रन्थ प्राप्त हुनु निकै ठूलो उपलव्धी भएको भन्दै उहाँले यसलाई सुरक्षित रुपमा राख्ने बताउनुभयो । उहाँले विश्व विद्यालयले स्कन्द पुराण प्राप्त गर्नु महत्वपूर्ण कुरा भएको भन्दै आफूहरुले लामो समय देखि खोजि गरिरहेको पुराण प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

पुस्तक हस्तान्तरण गर्दै केदारनाथ गौतमले आफ्नो बावुले जतनसाथ राखेको पुस्तकको सहि सदुपयोग होस भनेर विश्व विद्यालयलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले स्कन्द पुराणको सुरक्षा र सदुपयोग हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका कानुन अधिकृत मदन पोख्रेल, अधिकृत लालवहादुर डाँगी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण विश्व विद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले गर्नुभएको थियो । कार्यक्रममा विश्व विद्यालयले स्कन्द पुराण दिएको भन्दै गौतम दम्पतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण